चितवनमा मृत्यु भएका कोरोना सङ्क्रमितको शव अाज नेपाली सेनाले व्यवस्थापन गरेकाे छ । ६८बषिया पुरुषकाे शव देवघाट नजिकै बागेश्वरी जङगलमा नेपाली सेनाले व्यवसथापन गरेकाे हाे ।नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका थियाे। बिरामीको मृत्यु भए पछि मंगलबार नै नेपाली सेनाले शव उठाएकाे हाे । उनको विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो । चिकित्सकका अनुसार कोभिड–१९ निमोनियाका कारण उनको निधन भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए । आफूहरुले बिरामी नसार्न भन्दाभन्दै सारिएको उहांकाे भनाई छ।।शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको थियाे। जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन् । भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् । प्रमुखजिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताउनुभयो ।साे शव मंगलबार नै नेपाली सेनाले देवघाट नजिकै बागेश्वरी जङ्गलमा दाहासंसकार गरिएकाे हा।े
Advertisement
चितवनमा मृत्यु भएका कोरोना सङ्क्रमितको शव नेपाली सेनाले व्यवस्थापन
चितवनमा मृत्यु भएका कोरोना सङ्क्रमितको शव नेपाली सेनाले व्यवस्थापन
तपाईको प्रतिक्रिया




