चितवन/प्रविधि र सीपमुलक शिक्षा दिने उद्धेश्यले भरतपुरमा आरम्भ कलेजको स्थापना गरिएको छ । विद्यार्थीलाई यी बिषयमा बैदेशिक शिक्षामा जान कम गरी स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारी दिने उद्धेश्यले कलेज सञ्चालनमा ल्याईएको हो । अध्यापन पेशामा दुईदशकभन्दा बढी लामो समय अनुभव भएका लेक्चर तथा प्रोफेसरको संयुक्त प्रयासमा यो कलेज सञ्चालनमा ल्याईएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजमा सैद्धान्तिक शिक्षाका साथै व्यवहारिक शिक्षालाई समेत प्राथमिकता दिईने आज कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । सो अवसरमा बोल्दै कलेजका अध्यक्ष सुरेन्द्र सुबेदीले बैदेशिक शिक्षालाई न्यूनिकरण गर्दै स्वदेशमै गुणस्तीय शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले कलेज सञ्चालनमा ल्याईएको बताए । ‘विद्यार्थीहरुमा अहिलेको लहड १२ सक्ने वित्तिकै विदेश जानेछ, उनले भने, यसलाई रोक्न यही रोजगारी दिने हाम्रो उद्धेश्य हो ।’





