• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ३. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

माडी समितिको पाँचौं बार्षिक साधारण–सभा तथा तेश्रो अधिवेशन सम्पन्न

"माडी समितिमा रमेश नेपालीको नेतृत्व ः "

  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • माडी समितिको पाँचौं बार्षिक साधारण–सभा तथा तेश्रो अधिवेशन सम्पन्न
    माडी/चितवन उद्योग संघ माडी समितिको पाँचौं बार्षिक साधारण–सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
    चितवन उद्योग संघ, माडी समितिका अध्यक्ष भोजराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि महतोले नवनिर्वाचित समितिलाई बधाई दिदै नवनिर्वाचित समितिले औद्योगिक प्रबद्र्धनात्मक कार्यमा अग्रसर भएर लाग्न समेत आग्रह गर्नुभयो । नगर प्रमुख महतोले माडीमा कृषि उद्यमका क्षेत्रमा विशेष योजनाहरु राखेर अगाडि बढ्ने लक्ष्य लिएको समेत बताउनुभयो ।
    चितवन उद्योग संघ, माडी समितिका अध्यक्ष भोजराज खनालले स्वागत मन्तव्य एवं बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा चितवन उद्योग संघ माडी समितिका कोषाध्यक्ष नारायणदत्त रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    साधारणसभा चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेल, संघ–संस्थाको प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य, सशस्त्र प्रहरी बल, सीमा सुरक्षा बल माडीका डिएसपी अमरबहादुर खत्री, महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर, युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की लगायतले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गरेका थिए ।
    साधारणसभाको अवसरमा माडी समितिलाई विभिन्न योजनाहरुमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पाँच उद्यमीहरुलाई सम्मान गरिएको थियो । साधारणसभाको अवसरमा माडी समितिको दुईवर्षे कार्यकाल (०७८–०८०) मा कोषाध्यक्ष पदमा रही समितिको हरेक क्रियाकलापहरुलाई सफल बनाउन सबैभन्दा महत्वपूर्ण योगदान पु¥याउनु भएकोले माडी–०३, चितवन, निवासी संघको सदस्य उद्योग चाँदनी ब्याग उद्योका सञ्चालक नारायणदत्त रिजाल, सदस्य उद्योगहरु मध्ये आ.व.०७९/०८० को आर्थिक वर्षमा माडी नगरपालिकाको अभिलेखमा सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा पहिचान बनाउनु भएको २०७२ साल साउन २५ गते दर्ता भई सञ्चालन हुँदै आएको सफल ब्लक उद्योग, सफल काष्ठ फर्निचर उद्योग, आरएन सफल कन्स्ट्रक्सन लगायतका उद्योगहरु सञ्चालन गर्नुभएको, ३८ जनालाई प्रत्यक्ष रोजगारी दिन सफल माडी नगरपालिका वडा नं. ०३, चितवन, निवासी रमेश नेपाली, सदस्य उद्योगहरु मध्ये लघु उद्यमीहरु तर्फ सर्वोत्कृष्ट उद्यमीको रुपमा छनौट हुन सफल हुनुभएकोमा माडी चाउमिन उद्योका सञ्चालक माडी नगरपालिका वडा नं. ०३, चितवन, निवासी कुल प्रसाद महत्तो, चितवन उद्योग संघ अन्तर्गत सञ्चालनमा रहेको चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा माडी समिति मा आवद्ध शेयर सदस्यहरु मध्ये उत्कृष्ट असल ऋणी तथा वचतकर्ताको रुपमा छनौट हुन सफल दुर्गा राईस मिलका सञ्चालक माडी नगरपालिका वडा नं. ०८, चितवन, निवासी महिला उद्यमी रन्जिता पोखरेल, माडी समितिको दुईवर्षे कार्यकाल (०७८–०८०) लाई सफल बनाउन समिति बाहिर रहेर पनि समितिका हरेक क्रियाकलापहरुलाई सफल बनाउन सबैभन्दा महत्वपूर्ण योगदान पु¥याउनु भएकोले शिव प्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।
    चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी निर्वाचन समितिको संयोजक रहनुभएको थियो भने, निर्वाचन समितिकिो सदस्यहरुमा माडी नगरपालिकाका योजना अधिकृत शिव प्रसाद सुवेदी, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनुभएको थियो ।
    निर्वाचन समितिका संयोजक गजेन्द्र अधिकारीले नवनिर्वाचित समितिको नाम घोषणा गर्नुभएको थियो ।
    माडी समितिमा रमेश नेपालीको नेतृत्व ः
    चितवन उद्योग संघ माडी समितिको नवनिर्वाचित समितिको अध्यक्षमा रमेश नेपाली, उपाध्यक्षद्वय नारायणदत्त रिजाल, गोविन्द प्रसाद नेपाल, सचिवमा जिताराम महतो, कोषाध्यक्षमा सुमनराज खनाल, कार्यसमिति सदस्यहरुमा चिरञ्जीवी बराल, कौशल्या देवी शाह, मोहनराज पोखरेल, अर्जुन श्रेष्ठ, कार्यसमिति सदस्य एवम् महिला उद्यमी मञ्च माडीकी अध्यक्ष भारती न्यौपाने भुषाल, कार्यसमिति सदस्य एवम् युवा उद्यमी मञ्च माडीका अध्यक्ष दामोदर देवकोटा चयन हुनुभएको छ ।
    त्यस्तैगरी महिला उद्यमी मञ्चकी सदस्यमा बुद्धिकुमारी पुरी, युवा उद्यमी मञ्चका सदस्य जीवन महतो, लेखा समितिको संयोजकमा गोविन्द प्रसाद पौडेल, लेखा समिति सदस्यहरुमा हरि प्रसाद शर्मा, ताराचन्द्र महतो चयन हुनुभएको छ ।
    नननिर्वाचित समितिका अध्यक्ष, पदाधिकारी एवम् सदस्यहरुलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले शपथ खुवाउनु भएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रमेश नेपालीलाई निवर्तमान अध्यक्ष भोजराज खनालले पदभार हस्तान्तरण गर्नुभएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, संघका उपाध्यक्षहरु युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, रत्ननगर समितिका अध्यक्ष गोविन्द प्रसाद खनाल, खैरहनी समितिका अध्यक्ष युवराज पाठक, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका अध्यक्ष पार्वती सुवेदी कँुबर, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की, महिला उद्यमी मञ्चका सचिव दक्षिणा गैरे न्यौपाने, महिला सदस्य गीता ढकाल, जुनु पौडेल अधिकारी, संघका सञ्चार अधिकृत राजु भट्ट, फिल्ड सहायक उमेश श्रेष्ठ, माडी क्षेत्रका उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ माडी समितिका नवनिर्वाचित अध्यक्ष रमेश नेपालीले प्रतिवद्धता मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.