• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

बुहारीहरुको चाहना यसपालिको तीजमा पोतेका गहना


  •   बिहिबार, साउन २५, २०८० मा प्रकाशित
  • पोखरा/तीज नजिकिँदै छ । सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा महिला लक्षित गरगहना तथा कपडाका विज्ञापन सुरु भइसकेका छन् । तीज गीतका भिडियो पनि युट्युबमा अपलोड हुने क्रम जारी छ । यसैबीच पोखराका बुहारीहरु भने आफ्नै हातबाट बनाइएका पोतेका विभिन्न थरीका गरगहना लगाएर तीज मनाउने तयारीमा छन् ।  बुहारी सशक्तिकरण समाज नामक संस्थामार्फत गोलबद्ध भएका बुहारीहरुले तीजमा आयातित चुरापोतेमा हुने अत्यधिक खर्च कम गर्दै आफ्नै सीपबाट निर्मित चुरापोते औँठीलगायत गरगहनामा सजिएर यो वर्षको तीज मनाउने योजना बनाएका हुन् ।

    Advertisement

    घारिपाटनकी पुष्पा शर्माले यस वर्षको तीजमा सुनका गरगहना नभई पोतेबाट बनाइएका गरगहनामा सजिएर नाच्ने र गाउने योजना बनाएको सुनाउनुभयो । “पोतेबाट बनाइएका सेट गहना मलाई निकै मन पर्छ, बल्ल तालिम लिने अवसर मिल्यो यसपालिको तीजमा आफ्नै हातले बनाएका पोतेका नमुनामा सजिने योजना बनाएकी छु”, उहाँले एक दिनको गहना बनाउने तालिमले पोतेका विभिन्न थरीका गहना बनाउन सिकेको बताउनुभयो । “मलाई त निकै आत्मविश्वास बढेको छ, सस्तोमा कच्चापदार्थ किनेर फुर्सदको समयमा पोतेका विभिन्न गहना तयार गर्न सकिने, आफूलाई पनि हुने र साथीभाइ उपहार दिन वा बेच्न पनि सकिन्छ,” शर्माले भन्नुभयो ।

    अर्का सहभागी कालिका चापागाइँले पनि यस वर्षको तीजमा रातो साडीमा आफ्नै हातले तयार गरेका पोतेका माला, औँठी, टप र चुराको सेट लगाएर साथीसँगीसँग रमाइलो गर्ने बताउनुभयो । तीज महिलाको विशेष पर्व हो, यसलाई भड्किलोरहित बनाउन पोतेका गहना सेट बनाएर लगाउँदा झनै राम्रो देखिन्छ, हराउँछ कि भन्ने त्रास पनि नहुने र खुलेर रमाइलो गर्न पनि पाइन्छ । उहाँले गहना प्रदर्शनको अस्वस्थ प्रतिस्पर्धामा उत्रिनुभन्दा पोतेका विभिन्न गहनाका सेट बनाएर लगाउँदा धेरै राम्रो हुने उल्लेख गर्नुुभयो ।

    तालिममा सहभागी सदस्य सुनिता खत्रीले एक दिनको तालिमले आफूमा सिर्जनात्मक सीप विकास भएको बताउनुभयो । “तालिम एक दिनमात्र भयो तर धेरै ज्ञान लिन सक्यौँ, अब सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर हुन सकिने रहेछ भन्ने आत्मविश्वास जागेको छ,” उहाँले भन्नुभयो, “यो तीजमा पोतेका सामग्री तयार गरेर आफू पनि लगाउँछु र साथीभाइलाई बेच्ने योजना पनि बनाएकी छु ।” सदस्य खत्रीले यो सीपलाई आत्मनिर्भर हुने माध्यम बनाइउने जानकारी दिनुभयो ।

    संस्थाकी महासचिव सृष्टि भट्टराईले तीजको समयमा दिदीबहीनीहरुले बढी शृङ्गार मन पराउने र चुरापोतेलगायत गहनाका सेट सामग्रीमा धेरै खर्च हुने भएकाले एक दिन भए पनि गहना बनाउने तालिम प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीज नजिकिँदै छ, हाम्रो धेरै पैसा यस्तै गहनाहरुमा जान्छ तसर्थ हाम्रै समूहका एकजना सदस्य साथीसँग भएको सीपलाई सदुपयोग गरेर अरू सदस्यका लागि तालिम प्रदान गरेका हौँ ।”

    महासचिव भटृराईले महानगरका विभिन्न वडामा यस्ता तालिम निःशुल्क सञ्चालित भए पनि सबैले त्यो अवसर पाउन नसकेका कारण आफ्नै खर्चमा तालिम आयोजना गरिएको जानकारी दिनुभयो । “हामीले आफैँ पैसा उठाएर यो तालिम सञ्चालन गरेका हौँ, वडामा जाने प्रक्रिया झन्झटिलो र समय लाग्ने भएकाले आफ्ना लागि आफैँ खर्च गरेर भए पनि सीप सिक्नुपर्छ भन्ने सोचले सुरुआत ग¥यौँ, अन्य तालिमलाई पनि निरन्तरता दिन्छौँ ।” उहाँले एक सदस्यबाट कच्चापदार्थ किन्न रु एक हजार सङ्कलन गरिएको जानकारी दिनुभयो । आधारभूत सीपपश्चात् एडभान्स तहको सीपका लागि युट्युब हेरेर पनि जान्न सकिने उहाँको भनाइ थियो ।

    तालिमका प्रशिक्षक एवम् संस्थाका सदस्य गीता जमकट्टेल पौडेलले आफूले केही वर्षअघि सिकेको सीपलाई आज बुहारी ग्रुपका साथीहरुलाई सिकाउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले हातमा सीप हुँदा आफ्ना लागि पनि हुने र आगामी दिनमा गहना तयार गरेर आत्मनिर्भर हुन पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षक पौडेलले मेहनतमा जोड दिन सके निकै आकर्षक र बजारको मागअनुसारको डिजाइनमा गहना तयार गर्न सकिने बताउनुभयो । “एकदुईसयको कच्चापदार्थले पनि रु एक हजार वा रु पाँच सयसम्मको सामग्री तयार गर्न सकिन्छ । जति नयाँ डिजाइनका लागि मेहनत गर्न सक्यो उति नै बढी मूल्यका गहना तयार हुनाका साथै यो सीपलाई व्यावसायिकीकरण गर्न सके धेरै दिदीबहिनीले रोजगार पाउने र चुरापोतेका लागि विदेशिन धेरै रकम रोक्न सकिन्छ” उहाँले भन्नुभयो ।

    उक्त संस्थाका अध्यक्ष निर्मला केसी (निरु) ले बुहारी सशक्तिकरण समाज स्थापनाको छोटो समयमै धेरै कार्यक्रम गर्न सफल भइएको बताउनुभयो । “अहिले तीजलाई लक्ष्य गरेर पहिलो चरणमा आफ्नै खर्चबाट एक दिनको गहना बनाउने तालिम ग¥याँै र आवश्यता हेरेर थप सीपमुलुक तालिम प्रदान गर्दै जानेछौँ”, उहाँले भन्नुभयो, “बुहारीहरुले भोग्नु परेका समस्या समाधानका लागि सहजीकरण गर्ने साथै आत्मनिर्भर बनाउन आवश्यकता अनुसारको तालिमहरु प्रदान गर्दै सामाजिक क्षेत्रमा स्थापित गर्ने उद्देश्यले यो समाज स्थापना भएको हो । हिंसा विरुद्धको अभियानसँगै जोसँग जे सीप, ज्ञान वा क्षमता छ त्यो अरूलाई पनि शेयर गरेर एकअर्का बीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्य पनि संस्थाको रहेको छ ।”

    अध्यक्ष केसीका अनुसार समूहमा अहिले करिब एक सय सदस्य छन् । सदस्यको चाहनाअनुसार पहिलो चरणमा २५ जनालाई गहना बनाउने तालिम प्रदान गरिएको हो । यसपछि अन्य सदस्यहरुका लागि सेल्फ मेकअप क्लास, नेतृत्व विकास र आवश्यकता अनुसारको सीपमूलक तालिम दिँदै जाने छौँ। -रासस

    बिहिबार, साउन २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.