मझिमटार/धादिङको बेनीघाट रोराङ ९ मझिमटारमा रहेको श्री शंखादेवी माध्यमिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । टाढाबाट आउने विद्यार्थीहरुको सहजताका लागि बस सञ्चालनमा ल्याएको हो । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ले एक कार्यक्रमबिच स्कुल बसको उद्घाटन गर्नुभएको हो ।उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,वडाध्यक्षहरु र अभिभावकहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेका थिए । नेपाल सरकार बागमती प्रदेश सामाजिक विकास मन्त्रालय हेटौंडाको अनुदानमा स्कुल बस सञ्चालनमा ल्याएको हो ।
Advertisement




