• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

इयुको सहयोगमा २४ जना बने अन्तराष्ट्रिय स्तरको कफी रोष्टर


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • काठमाडौं/कफी रोस्टिङमा आधुनिक प्रविधिको प्रयोग गरी नेपाली कफीको गुणस्तर अभिवृद्धि गर्न ईयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरका दुई दर्जन कफी रोष्टर तयार गरेको छ । विश्वभर विशिष्ट स्वाद र गुण भएका कफीको गुणस्तर अनुगमन गर्ने संस्था विशिष्ट कफी संघ ( स्पेसियल्टी कफी एशोसिएसन )को मापदण्ड अनुसार उनीहरू प्रशिक्षित भएका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड , नेपाल कफी उत्पादक महासंघको सहकार्यमा काठमाडौंमा साउन १ देखि १९ गते सम्म चलेको कार्यशालामा८/८ जनाको तीनवटा छुट्टा छुटै समूहका लागि ५/५ दिन गरीकुल २४ जनालाई सहभागी गराइएको थियो ।

    Advertisement

    कार्यशालामा काठमाडौं,चितवन, पोखरा,काभ्रे , धनकुटा लगायतका जिल्लामा सक्रिय रहदै आएका कफी रोष्टरहरू सहभागी थिए ।कफीको कपमा गुणस्तर अभिवृद्धि गरी नेपाली विशिष्ट कफीलाई अझ लोकप्रिय बनाउनको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ कफी रोष्टिङ क्षेत्रमा संलग्न व्यवसायीतथाकामदारहरूलाई लक्षित यो कार्यशाला आयोजना गरिएको हो । नेपालमा सञ्चालन भइरहेका कफी रोस्टिङ कम्पनीहरूमा उच्च गुणस्तरबाट कफी रोष्टिङ गर्ने प्राविधिक सीपको अभाव रहेको अवस्थामा यस कार्यशालाले यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका कफी रोष्टरहरू उत्पादन गरेकव र यसबाट कफीको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।नेपालमा करिब २०–२५ कफी रोस्टिङ फर्महरू सञ्चालनमा छन् । “कफी रोष्टिङ निकै प्राविधिक र जटिल विषय हो । रोष्टटिङ गरिएको कफीको दानाले नै कफीको गुणस्तर निर्धारण हुन्छ।यो कार्यशालाको पाठ्यक्रम नै प्रशिक्षार्थीहरूलाई रोष्टिङका प्राविधिक पक्षलाई प्रयोगात्मक रूपमा देखाइ उनीहरूलाई यसमा परिचित र दक्ष बनाउने हो । यसै क्षेत्रमा कार्यरत सहभागीहरू भएकोले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रोस्टिङ सीपले कफीको गुणस्तर बढाउन ठूलो सहयोग गर्नेछ ” कार्यशालाका मूल प्रशिक्षक निमा शेर्पाले भने ।

    कार्यशालामा उच्च स्तरीय प्रयोगशालामा प्रयोगात्मक विधि र सैद्धान्तिक ज्ञान मार्फतसहभागीहरूलाई रोस्टिङ प्रक्रियाको बारेमा परिचित गरी दक्ष बनाइएको बताउँदै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक शेर्पालेयस कार्यशालामा विशेषगरीरोस्ट साइकल, रोस्ट लेभल देखि कफिको दानामा देखिने परिवर्तनहरू पहिचान गर्ने र रोष्टिङ स्थल व्यवस्थापन गर्ने विधि सिकाइएको बताए । यस कार्यशालाले नेपाली कफीको मूल्य श्रींखलालाई सुधार गर्न सहयोग पुग्ने विश्वास सरोकारवालाहरूले लिएका छन् । “उच्च गुणस्तरको रोस्टर भएका कफी व्यवसायहरूले उच्च स्तरका उपभोक्ताहरूलाई आकर्षित गर्न र राम्रो नाफा आर्जन गर्न सक्छन्। त्यस्ता दक्ष रोस्टरहरूले क्याफे र रोस्टिङ व्यवसायहरूको प्रोफाइललाई सुदृढ पार्नेछन् र गुणस्तर नियन्त्रणमा उनीहरूको प्रतिबद्धता प्रदर्शन गर्नेछन् भन्ने विश्वास हामीले लिएका छौं” नेपाल कफी उत्पादक महासंघका महासचिव सन्तोष पोखरेलले भने । “मैले यो कार्यशाला निकै ज्ञापवर्द्धक र फलदायी पाएँ । यहाँबाट प्रशिक्षित हामी जस्ता जनशक्ति मार्फत कफी रोस्टिङमा गुणस्तर प्रवर्द्धन प्रविधिहरू प्रयोग गरी कफीको गुणस्तर बढाउन सहयोग पुर्याउन सकिनेमा म विश्वस्त छु” चितवनबाट सहभागी हुन आएकी प्रशिक्षार्थी घो मायाँ गुरूङले भनिन् । “युरोपियन युनियनले नेपाली कफीको मूल्य श्रींखलालाई सशक्त बनाउन सहयोग गर्दै आएको छ । यस क्षेत्रमा उच्च दक्ष जनशक्तिलाई रोजगारी दिएर गुणस्तरीय उत्पादनहरू उपलब्ध गराएमा उच्च मूल्यको नेपाली कफी उपभोग गर्ने गुणस्तर सचेत ग्राहकहरूलाई आकर्षित गर्न सक्छौं,” युरोपियन युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम हमालले भने ।

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.