काठमाडौं/सूर्यज्योति लाइफ इन्स्योरेन्सको नारायणगढ शाखाले आर्थिक वर्ष २०७९/ ८० मा उत्कृष्ट कारोबार गर्ने एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ । नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटाको उपस्थितिमा सम्मान गरिएको हो । कार्यक्रममा सेल्फ कोडमा सर्वाधिक व्यापार गरि प्रथम हुने दिपक टन्डन, दोस्रो हुने रमेश खनाल, तेस्रो हुने सरिता कोईरालालाई शिल्ड एवम् मेडल दिई सम्मान गरिएको कार्यक्रम संयोजक हेमराज रिमालले बताए ।
उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९ /८० मा सर्वाधिक कारोबार गर्ने एजेन्सी म्यानेजरहरुलाई रिजनल म्यानेजर ईश्वर विकल सापकोटाले सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान समेत गरेका थिए । सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जर पश्चात बनेको ISO 9001:2015 बाट सम्मानित सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी रु। ४ अर्ब ५४ करोड रहेको छ भने देशभर १८१ शाखा कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।




