सैनामैना/सैनामैना-४ रामनगर बाटिकामा आकर्षक राधाकृष्ण मन्दिर सहितको पार्क निर्माण भएको छ। ग्रामीण शहरी बिकास तथा भवन कार्यालय भैरहवा एब लुम्बिनी प्रदेश सरकारको ०७९/०८० को बजेट बाट मन्दिर सहितको पार्क निर्माण गरिएको हो। कृष्ण जन्मास्टमिको दिन मुर्ती स्थापना गरिने छ। असोज कार्तिक महिना सम्ममा हरियाली फुल सहित को बाताबरण मा हेर्ने लायक पार्क बन्ने छ। टोलबासी बुवा आमा दाजुभाई दिदिबहिनीहरुको अथक अतुलनिय सकृयता रहेको छ। विभिन्न प्रजातिका बिरुवा फुल समेत बाटिका क्षेत्रमा लगाएर बाताबरण मैत्री टोल बनाउन लागिरहनुभएको छ।
Advertisement




