जिरौना/कैशिक गोत्रीय (अलिना) भट्ट समाज चितवनका साधारण सदस्य देबि प्रसाद भट्टको ५८ वर्षको उमेरमा भएको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । समितिले एक असल अभिभावक गुमाएको यस दुःखद घडीमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा बन्धुबान्धवहरुमा धैर्यधारण गर्न सक्ने शक्ति प्रदान होस् भन्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।
Advertisement

श्रद्धाञ्जली प्रकट कार्यक्रममा समितिको तर्फबाट अध्यक्ष टंक प्रसाद भट्ट, बरिष्ठ उपाध्यक्ष राजु भट्ट, उपाध्यक्ष कृष्ण प्रसाद भट्ट, लेखा समितिका संंयोजक कृष्ण प्रसाद भट्ट, सल्लाहकार कृष्ण बहादुर भट्ट (पहलमान), सदस्यहरु साधुराम भट्ट, रामप्रसाद भट्ट लगायतको उपस्थिति रहेको थियो ।




