चितवन/चितवन क्षेत्र नं ३ का सांसद एवं पूर्व मन्त्री बिक्रम पाण्डेले बिदेशी शक्तिसंग मिलेर देशलाई कंगाल बनाउन नेताहरुले खेल खेलेको बताउनु भएको छ ।भरतपुर महानगरपालिका १६ स्थित शरदपुरमा रहेको श्री राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिद्वारा आयोजित पुरुषोत्तम महात्म्य् ज्ञान महायज्ञ २०८० मा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले हिजो राजा हुँदा देशमा बिकास भएन भन्नेहरुले आज गणतन्त्र ल्याएर भुटानी शरणार्थी काण्ड, सुन काण्ड र ललिता निवास काण्ड जस्ता थुप्रै अनेकौं काण्डहरु किन मच्चाएको भनी प्रश्न समेत गर्नुभयो । त्यस्तै उहाँले नेपाल बिश्वको फरक देश र ऋषि मुनिहरुले तपस्या गरेको मुलुक भएको हुँदा सबै हिन्दुबादीहरु एक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री बिक्रम पाण्डेले भरतपुर १६ हुँदै हर्कपुर निस्कने झोलुङ्गे पुल समेत आफ्नै कार्यकालमा सम्पन्न गराएरै छाड्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।




