• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एनआरएनए अमेरिकाको अध्यक्षको दौडमा डिलु पराजुलीको संभावना उच्च


  •   बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
  • काठमाडौं/ ‘एक पटकको नेपाली सधैको नेपाली ‘ भन्ने नाराको साथ स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को अहिले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा धमाधम निर्वाचन भइरहेको छ। एसिया क्षेत्र , मध्यपुर्व , युरोपका कतिपय देशहरुमा निर्वाचन परिणाम आइसकेको छ भने ओसियाना , अमेरिकी क्षेत्रका देशहरूमा भने निर्वाचनको अन्तिम तयारीमा होमिएका छन्। गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिकाको चुनावी सरगर्मी पनि ह्वातै बढेको छ। २०२३-२०२५ कार्यकालको लागि उम्मेदवारहरु आ-आफ्नो प्यानलसहित चुनावी अभियानमा होमिएका छन्।

    Advertisement

    गैर- आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको उपाध्यक्ष समेत रहेका डिलुराम पराजुली र डा. अर्जुन बन्जाडेले एनआरएनए अमेरीकाको नेतृत्व हाक्ने दौडमा छन्। तीमध्ये अहिले एनआरएनए अमेरिकाको उपाध्यक्ष एबं मेम्बरसिप ड्राइभ कमिटीको चेयर डिलु पराजुलीको नाम अहिले चर्चामा सीमामा छ । लिडरशिप क्षमता, सक्षम ,निडर ,सबल र सशक्त उम्मेदवारका रूपमा परिचित पराजुली अबको एनआरएनए अमेरिकाको नेतृत्वमा पुग्ने अमेरीकाबासी नेपालीहरुले आंकलन गरेका छन्। परिणाम उन्मुख योजना, निरन्तरता, प्रतिवद्धता र सहकार्य अहिलेको आवश्यकता भन्ने मूलमन्त्रका साथ पराजुली र उनको टीम यसपाली एनआरएनए अमेरिकाको नेतृत्व हाक्ने दाउमा छ। सामाजिक सेवा, मानवीय सेवाका साथै एनआरएनए अमेरिकाको संस्थागत विकासका लागि सुरूआतदेखि नै महत्वपूर्ण योगदान गरेकाले यसपटक पनि आफू लगायत आफ्नो टिमलाई गैरआवासीय नेपालीको साथ मिल्ने विश्वास उनले व्यक्त गरेका छन्।

    त्यसो त पराजुलीको साथमा एनआरएनएको मर्म बुझेका अनुभवी, समावेशी , युवा , महिलाहरूको प्रतिनिधीत्व उल्लेखनीय देख्न पाइन्छ। पराजुलीको प्यानलमा वरिष्ठ उपाध्यक्ष अञ्जन कुमार चौलागाईं , उपाध्यक्षमा राजीव श्रेष्ठ , सन्तोष पहाडी , राज ढुंगाना, भानु खरेल , सुन्दरी गुरुङ र युवा उपाध्यक्षमा युवाहरु माझ लोकप्रिय अनुप खनाल छन् त्यस्तै महासचिवमा रामहरी अधिकारी , सचिवमा एकदेव शर्मा , महिला सचिवमा उर्मिला श्रेष्ठ , कोषाध्यक्षमा सरोज सिग्देल ,सह कोषाध्यक्षमा रवि सिंह बस्नेत , महिला संयोजकमा मुना तिवारी र युवा संयोजकमा विकि थापा रहेका छन् त्यस्तै आई सि सि सदस्यहरुमा उत्तम कार्की ,डोलनाथ घिमिरे, गोविन्द कुमार श्रेष्ठ,दुर्गेश जंग कार्की,सम्बा लामिछाने, टंक आर रेग्मी रहेका छन् भने बोर्ड अफ डाइरेक्टरमा रिता देवी प्रधान, दुर्गा त्रिपाठीसा,रिका थापा, सरस्वती(सरु )शर्मा रहेका छन्।

    अहिलेको एनआरएनए एनसीसी अमेरिकालाई विश्वभरिका एनआरएनए एनसीसी मध्ये सफल एनआरएनए एनसीसी बनाउन यो टिमको महत्वपूर्ण भूमिका रहेको छ। अध्यक्षका प्रत्यासी डिलु पराजुली प्यानल बलियो हुनुको कारण पराजुली प्यानल बलियो हुनुको कारण उनी लगायत उनको प्यानलमा नेतृत्वमा हुने गुण , सरलता , कौशलता, इमान्दारिता र सबै क्षेत्रलाई प्रतिनिधित्व गर्न सक्ने क्षमता नै हो त्यसो त उनको प्यानललाई आइसीसी सदस्य देखि राज्य च्याप्टर सम्म पूर्ण समर्थन छ , त्यसैगरी जनसम्पर्क समिति अमेरिका लगायत नेपाली सामाजिक , जातिय, क्षेत्रीय संघसंस्थाको पनि बाक्लो समर्थन रहेको छ। अमेरिकाको विभिन्न क्षेत्रहरु मतदाताको सपोर्ट, उम्मेदवारहरुको योग्यता, प्यानल, सपोर्ट गर्नेहरुको क्षमता, टाउनहल मिटिङ्गको उपस्थिति, सामाजिक संजालमा देखिएको सपोर्ट, पब्लिक भएका राज्य स्तरिय डेटाबाट गरिएको मुल्यांकन लगायतबाट हेर्दा पराजुलीको प्यानल बलियो देखिन्छ।दुवै पक्षले हालसम्म गरेका टाउनहल बैठक , अन्तर्क्रिया र सहभागीमुलक कार्यक्रमहरुमा उपस्थिति र समर्थन हेर्दा पराजुली पक्ष धेरै अगाडी देखिएको छ। पूर्वी क्षेत्र देखि पश्चिम क्षेत्रसम्म गरिएको आंकलन अनुसार पराजुलीले क्यालिफोर्निया, ओरेगन, यूटा, कोलोराडो, टेक्सस, केन्टकी, न्यूयोर्क, विस्कान्सिन, इलेनोइ, भर्जिनीया, मेरिल्याण्ड, बाल्टीमोर लगायत राज्यमा भारी मतले लिड गर्ने आंकलन देखिएको छ। करिब १६ हजार भन्दा बढी पंजीकृत सदस्य रहेको एनसीसी अमेरिकाको चुनाव जुलाई २३ मा अनलाइनको माध्यम बाट हुदैछ।

    बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.