• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

एनआरएनए कतारको अध्यक्षमा रमेश भट्टद्वारा उम्मेदवारी घोषणा


  •   आइतबार, असार ३१, २०८० मा प्रकाशित
  • कतार– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको सन २०२३–२०२५ कार्यकालको लागि अध्यक्षमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन । विगत दुई दशक देखी कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै अनवरत रुपमा सामाजिक कार्यमा सक्रिय रहेका एनआरएनए मध्यपुर्वका डिआरसी भट्टले कतारमा रहेका धेरै नेपाली संघ सँस्थाहरुको समर्थनमा उम्मेदवारी घोषणा गरेका हुन । उनलाई जनप्रगतीशिल मंच कतार,जनसंपर्क समिती कतार,प्रवासी नेपाली मंच कतार,जनजाती महासंघ कतारलगाएत सँस्थाले संयुक्त उम्मेदवारको रुपमा सार्वजनिक गरेका हुन । कतारमा रहेका ठुला सबै संघ सँस्थाको समर्थन पाएपछि एनआरएनए कतारको अध्यक्षमा भट्टको पल्ला भारी देखिएको छ ।
    एनआरएनको खस्कदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमीक मैत्री एवं विश्वसनीय एनसीसी बनाउने अभियानमा कतारमा रहेका सबै नेपालीहरुको साथ सहयोगको लागी भट्टले अनुरोध गरेका छन ।
    कतारको सामाजिक धेरै संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दै प्राप्त गरेको ज्ञान र अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने ऊद्देश्य सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा भट्टले शनिवार उम्मेदवारी घोषणा गरेका हुन । उम्मेदवारी घोषणा गर्दै भट्टले सबै कतारवासी नेपालीहरुलाई साथ,सहयोग र सहकार्यका लागी अनुरोध समेत गरेका छन । एनआरएनए कतारको अध्यक्षका उम्मेदवार भट्टले शनिवार आफ्नो प्रतिबद्दता पत्र सहित उम्मेदवारी घोषणा गरेका छन ।

    Advertisement

    भट्टले कतारवासी नेपालीलाई गरेको आव्हान जस्ताको तस्तै:

    आदरणीय कतारमा स्थापीत संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूुहरु, गैरआवासीय नेपाली संघको अग्रज तथा सामाजिक अभियन्ताज्युहरु, बुद्धिजिवि व्यवसायी, परिषद सदस्य ज्यूहरु, पत्रकार मित्रहरु एवं कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार ।

    विगत दुई दशक देखी कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै अनवरत रुपमा समाजिक कार्यमा सक्रिय रहेको सबैमा अवगत नै छ । कतारको सामाजिक संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दै प्राप्त गरेको अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने उदेश्य सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा उम्मेदवारी घोषणा गरेको जानकारी गराउंदछु। एनआरएनको खस्कदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमीक मैत्री एवं विश्वसनीय एनसीसी बनाउने अभियानमा यहाँहरुको साथ सहयोगको अपेक्षा सहित हार्दिक अनुरोध गर्दछु ।

    मेरो उम्मेदवारी किन ?
    – एनसीसी कतारले गर्ने हरेक क्रियाकलापमा कतारमा स्थापीत सम्पुर्ण संघसंस्था सँग समन्वय गरि सामुहिक रुपमा सहकार्य गरेर सम्पन्न गर्न ।

    – कतार स्थित नेपाली राजदुतावास सँग समन्वय गरि नेपाली श्रमिकहरुको हकहित लाई प्राथमीतामा राखेर श्रमिक विभागलाई थप प्रभावकारी बनाउन ।

    – नेपाल सरकारले प्रवासमा रहेका मजदुरको हितको लागि हालै शुरु गरेको श्रमीक कल्याणकारी कोषमा अधिकतम सहभागिता गराउनका लागि सचेतना अभियान सञ्चालन गर्न ।

    – एनसीसी कतारका हरेक गतिविधिलाई मासिक रुपमा र आर्थिक प्रतिवेदन त्रैमासिक रुपमा सार्वजनिक गर्न । संस्थाका पदाधिकारीले आफ्नो कार्यसम्पादनको रिपोर्ट मासिक बैठकमा प्रस्तुत गरि त्यसको समिक्षा गर्न ।

    – कतार सरकारको विभिन्न निकायहरु संग संस्थागत सम्बन्धलाई थप मजबुत बनाउदै नेपाली श्रमिकहरुको लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकता दिएर सञ्चालन गर्न।

    – नेपालको पहिचान झल्कने नेपाली साहित्य, कला र संस्कृतीलाई कतारमा आयोजना हुने विभिन्न प्लाटपर्फ्महरुमा प्रस्तुत गर्ने र कतारमा रहेका श्रस्टा /कलाकारलाई प्राथमिकता दिन ।

    – कतारमा रहेका नेपालीहरूबीच आपसी भाईचारा तथा एकताको भावना जगाउन निरन्तर प्रयासरत रहन ।

    – हाम्रो समृद्ध सम्पदाको प्रवर्द्धन गर्न नियमित सामुदायिक कार्यक्रम, नेपाली साहित्य, कला, सांस्कृतिक कार्यक्रम साथै नेपालमा मनाईने सबै चाडपर्वहरू सामुदायिक स्तरमा आयोजना गरि परस्पर भातृत्वको बिकास गर्न ।

    – कतारमा रहेका नेपाली दाजु-भाई दिदिबहिनिहरुलाई हरेक सामाजिक कार्यमा सक्रिय सहभागि हुनका लागि प्रोत्साहन गर्न साथै सबै नेपालीजनको आवाजहरु गैर आवासीय नेपाली संघ द्वारा सुनिएको सुनिश्चित गर्न।
    – कतारमा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू एवं आवस्यकता अनुसार स्थानीय अधिकारीहरू सँग समन्वय गर्न।

    – कतारमा रहेका नेपाली श्रमिकहरुका लागि कानुनी मामिलाहरू, रोजगारीका समस्याहरू, स्वास्थ्य सेवा र शिक्षामा सहायताका लागि एक प्रणाली स्थापना गरि निरन्तर सेवामुलक कार्यक्रम संचालन गर्न ।

    – सामाजिक सुरक्षाकोष तथा IPO सम्बन्धि कतारमा रहेका नेपाली बैकका प्रतिनिधीहरुसंगको समन्वयमा सचेतना मुलक कार्यक्रम गरि आम श्रमिक हरु को सहभागिता / आबद्दता सुनिस्चितता को लागि प्रयासरत रहन ।

    – NRNA NCC र NRNA ICC का अग्रज एवं पुर्व पदाधिकारी बीच संस्थागत हितको लागि समन्वय गरि, मुलत: ICC को बिधान अङ्गीकार गरि अघि बढ्न।

    संस्थागत आवद्धता :-
    सदस्य :- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (सन २०१९-२०२१ कार्यकाल)
    निर्वाचन समिति संयोजक :- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (सन् २०२१–२०२३ कार्यकाल)
    संस्थापक अध्यक्ष :- नेपाली यातायात मजदुर संगठन
    पुर्व अध्यक्ष :- बागलुङ सेवा समाज कतार
    पुर्व अध्यक्ष :- नेपाली जनप्रगतीशील मञ्च कतार
    महासचबि :- नेपाली व्यवसायी संघ कतार (हाल)
    संरक्षक :- अन्तरास्ट्रिय बागलुङ सेवा समाज (हाल)

    यहाँहरु सम्पूर्णको साथ, सहयोग र समर्थनका लागि हार्दिक अपिल गर्दछु ।

    रमेश भट्ट
    पंजीकृत सदस्य नम्बर: QA01000073
    २०२३- २०२५ कार्यकालका लागि “अध्यक्ष” पदको उम्मेदवार

    आइतबार, असार ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.