• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रत्ननगर नगरपालिको आर्थिक बर्ष २०७९/८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई


  •   शनिबार, असार ३०, २०८० मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिको शनिबार सम्पन्न आर्थिक बर्ष २०७९/८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाईमा नगरवासीहरुले नगरको विकासको लागि सुझाब दिएका छन् । एक बर्ष भित्र भएका कामको समीक्षा गर्दै नगरबासीको सुझाब संकलनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरबासीले गुनासो भन्दा जनप्रतिनिधि र कर्मचारीहरुलाई विकास निर्माण,सुसासनका विषयमा सुझाब बढी दिएका छन् । नगरबासीहरुले फोहोर व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण, कृषि र पशुपालनमा अनुदान वितरण, फोरलेन सडकको व्यवस्थापन, लागु औषध नियन्त्रण, दिवा खाजाको अनुगमन, सौराहाको पर्यटन विकास लगायगका विषयमा गुनासोसंगै सामधानको उपायको बारेमा सुझाब दिएका छन् । कार्यक्रममा सहभागी अधिकाँस नगरबासीहरुले स्थानीय सरकारको लगानी अर्थपूर्ण हुने भन्दै देखिने ठाउँमा लगानी गर्न आग्रह गरेका छन् ।

    Advertisement

    कार्यक्रममा स्वाभलम्बन टोल विकास संस्थाका अध्यक्ष युगबहादुर थापाले मेयर प्रलाद सापकोटाको नेतृत्वको जनप्रतिनिधिको टिमले विकास निर्माण र सुसाधनको क्षेत्रमा अर्थपूर्ण काम गरेको बताए । कृषि र पशुपालनको माध्यमबाट नगरबासीलाई आत्मनिर्भर बनाउने योजना अनुरुप वितरण गरिएको अनुदान सार्थक बनेको उनको भनाई छ । उनले विकास निर्माण स्थलमा योजनाको विबरण सहित देखिने गरी बोर्ड राख्न आग्रह गरे । रत्ननगर १३ का लक्ष्मण पौडेलले फोहोर व्यवस्थापन, सुकुमबासीलाई लालपूर्जा वितरण,सीपमुलक तालिम,सामुदायिक विद्यालयमा भइरहेको राजनीति तथा घरेलु मदिराको उत्पालनमा रोक लगाउन आग्रह गरे । युवा नेता दीपक थापाले विपन्न नागरिक उपचार कोषको रकम बृद्धि गरी ६० लाख पु¥याउन आग्रह गरे ।

    कार्यक्रममा परशुराम शर्मा, शिब सुवेदी,बसन्त राना,मिना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ,पार्वती घिमिरे, पूर्णबहादुर आलेमागर,प्रलाद ढाकुर, मणिप्रकास खतिवडा,कृष्ण पौडेल, शम्भूभक्त थपलिया विरन्जना घिमिरे लगायतले विकास निर्माणप्रति गुनासो र सुझाब दिएका थिए । नागरिकको गुनासो र सुझाब सुनेपछि मेयर प्रलाद सापकोटाले पर्यटकीय नगरी सौराहालाई सिरमा राखेर रत्ननगरलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरी विकासको गतिलाई अगाडि बढाएको बताए । कृषि र पशुलनको लागि प्रयाप्त अनुदान दिएका छौं,शिक्षा र स्वास्थ्यमा नागरिकको अपेक्षा अनुसार काम गरेका छौं उनले भने विरोधका लागि विरोध नगरौं, हामी काम गर्न आएका हौं, नागरिकको अपेक्षा अनुसार सबै काम गर्दैछौं । उनले सौराहाको विकासको लागि एक बर्षमा ४० करोड बढी लगानी भइसकेको बताए । मुख्य बजारमा ढल, सौराहालाई बाढीबाट जोगाउन फेब्रिक ड्याक र १४ करोड २४ लाखको लगानीमा नमुना सडक निर्माण भइरहेको मेयर सापकोटाले बताए ।

    स्वास्थ्य तर्फ रत्ननगर अस्पताल परिसरमा मातृशिशु अस्पताल सञ्चालनको लागि भवन निर्माण, ३ हजार २०० परिवारको निःशुल्क स्वास्थ्य बिमा, ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा रहेको मेयर सापकोटाले बताए । मेयर सापकोटाले कृषि र पशुपालनको विकासको लागि चालु आर्थिक बर्षमा मात्र ४ करोड रुपैया अनुदान वितरण गरिएको बताए । कार्यक्रममा उपमेयर यादवप्रसाद पाठकले विकास निर्माणको गुणस्तरका लागि नगरपालिकाले कसैसंग सम्झौता नगर्ने बताए । विकास निर्माणमा नगरबासी पनि सचेत हुनुपर्ने भन्दै उनले काम विग्रिन थाले नागरिक स्तरबाट खबरदारी गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले चालु आर्थिक बर्षमा भएका काम र उपलब्धीको बारेमा प्रकास पार्दै नागरिकको सुझाब र अपेक्षा अनुसार काम भइरहेको बताए ।

    कार्यक्रममा आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले नगरबासीले राखेको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा नगर स्तरीय राजनीतिक दलका प्रमुखहरुले लगानीलाई अर्थपूर्ण बनाउन आग्रह गरेका थिए । कार्यक्रममा संस्थापक नगर प्रमुख नारायण वन,निर्वतमान उपमेयर विमला दुवाडी, नेपाली कांग्रेसकी नगर सचिव अनिता अर्याल, एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण अधिकारी, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, समाजबादीका नगर सचिव इश्वरराज अधिकारी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले लगायतले मन्तव्य राखेका थिए । विप्स मिडियाको सहजीकरणमा भएको कार्यक्रम पत्रकार धु्रबराज खनालले सञ्चालन गरेका थिए ।

    शनिबार, असार ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.