गैँडाकोट/कोरोना विरुद्ध लड्न सामाजिक विकास तथा अनुसन्धान केन्द्र नवलपुरले सुरु गरेको अभियानमा हातेमालो गर्दै अष्ट्रेलियामा रहेका नेपाली युवा व्यवसायी राजेश्वर धितालले आर्थिक सहयोग गरेका छन ।
पाथ फाईन्र्डस ईन्टरनेसनल एजुकेशन प्रा.लि.का संचालक रहेका धितालले १० हजार नेपाली रुपैँया (१२० अष्ट्रेलियन डलर) आर्थिक सहयोग गरेका हुन । कोरोना भाईरसका कारण मुलुकमा लकडाउन जारी रहेकोले नवलपुर र यस आसपासका क्षेत्रमा रहेका गौसरंक्षणका लागी भन्दै धितालले आर्थिक सहयोग गरेको सामाजिक विकास तथा अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक कृष्ण कडेलले बताए। धितालले पठाएको रकम तोकिएकै क्षेत्रमा पुगेर गौसंरक्षण अभियानमै खर्च गरिने उनले बताए ।
विभिन्न सामाजिक कृयाकलापमा सकृय रहेको केन्द्रले आज मात्रै धार्मिक सेवा समिति मौलाकालिका मन्दिरमा अवस्थित गौशालालाई १० हजार बराबरको पशुजन्य खाद्यान्न उपलव्ध गराएको थियो ।सामाजिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष थानेश्वर चालिसले सबैको सहयोगमा केन्द्रले समाजिक गतिविधिहरु गरिरहेको बताउँदै भविष्यमा समेत समाजकै लागी केन्द्रले कामहरु अघि बढाउने बताएका छन ।




