पूर्ब मन्त्री एवं चितवन निर्वाचन क्षेत्र नं. ३ का सांसद बिक्रम पाण्डेले माडीका समस्याबारे सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको शुन्य समयको सुरुवातमै बोल्दै उहाँले आफ्नो निर्वाचन क्षेत्र अन्तरगत पर्ने चितवनको माडीका रिउ, बगई, मगई लगाएतका अन्य ठाडा खोलाहरुमा पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती खेप्न बाध्य भएको बताउँनु भयो ।
Advertisement
२०४७ सालदेखि नै ती खोलामा पुल निर्माण गर्ने विषयले चर्चा पाउँदै आएकोमा आज सम्म निर्माण सम्पन्न नभएको प्रति उहाँले सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँनुभएको हो । वर्षा शुरु भई सकेको अवस्थामा बाटोघाटो र पुलमा समस्या हुँदा विशेषगरी बिरामी र सुत्केरी महिलाहरुको ज्यान जोखिममा रहने गरेकोप्रति उहाँले ध्यानाकर्षण गराउँनुभयो ।
राप्रपाका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पूर्बमन्त्री पाण्डेले माडीकै देबेन्द्रपुर बाट बगई बसपार्क सम्मको सडक निर्माण अवधि समाप्त भईसक्दा पनि काम सम्पन्न नभएको विषयलाई समेत सदनमा उठाउँनु भएको छ । यसैगरी कसरा देखि माडी बनकट्टा सम्मको चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडकको अवस्था नाजुक भएको र त्यस क्षेत्रका खोलाका पुल तथा सडक निर्माणको काम तत्काल पुरा गर्ने तर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाई छ । संघिय संसदको प्रतिनिधि सभामा बोल्दै पाण्डेले नारायणी नदीको तटबन्धन निर्माण कार्यका लागि लगाईएका ठेक्काहरुमा परेका समस्याहरु प्रति समेत सरकारको गम्भीर ध्यानाकर्षण गराउँनु भयो ।




