नारायणगढ/“व्यवसायिक एकता हाम्रो प्रतिवद्धता” भन्ने मूल उद्देश्य अनुरुप स्थापना भएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ चितवनको आयोजना र नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम छिनालको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रम उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने, विशेष अतिथिमा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र वली रहनुभएको थियो । रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए ।
Advertisement






