भरतपुर/ईनरह्वील क्लब अफ भरतपुरको बर्ष २०२३/२४ को लागि आईडब्लु रिता घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । क्लवका अध्यक्ष आईडब्लु मधु शाहको अध्यक्षतामा सम्पन्न १३ औं पद हस्तान्तरण कार्यक्रममा आईडब्लु टुना थापा प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि थापाले नवनियुक्त अध्यक्ष रिता घिमिरेलाई बर्ष २०२३/२४ को अध्यक्षको घोषणा गर्नुभएको थियो ।

नवगठित समितिको उपाध्यक्षमा आईडब्लु गीता सुवेदी, सचिवमा आईडब्लु अन्जना चालिसे सुवेदी, कोषाध्यक्षमा आईडब्लु नितु भण्डारी, आईएसओमा आईडब्लु सविना अधिकारी, इडिटरमा आईडब्लु जमुना गैरे, कार्यसमिति सदस्यहरुमा आईडब्लु विमला कँडेल, पार्वती खनाल रहनुभएको थियो । क्लवममा अध्यक्ष, निवर्तमान अध्यक्ष गरी ९ सदस्यीय रहनेछ ।
आईडब्लु अन्जना चालिसे सुवेदीले सञ्चालन गर्नुभएको पद हस्तान्तरण कार्यक्रमलाई पूर्व अध्यक्ष आईडब्लु विमला अधिकारीले संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो । पद हस्तान्तरण कार्यक्रममा मानव अधिकार रक्षक मन्जिता उपाध्याय, ईनरह्वील क्लव सदस्यहरु, रोटेरियन, रोट्¥याक्टहरु लगायतको उपस्थिति रहेको थियो ।






