भरतपुर/स्थानीय निर्वाचन २०७९ मा विवेकशील साझा पार्टीबाट भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार बनेका २८ वर्षीय ई प्रबिन काफ्लेले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। यसअघि काफ्लेले विवेकशील साझा पार्टी, चितवनका जिल्ला संयोजक रहेर काम गरेका थिए। गत २०७९ साल चैत्र १ देखि चैत्र १६ गतेसम्म १५ दिन उनी भरतपुर यात्रामा निस्केका थिए। यात्रामा उनले भरतपुरका २९ वटै वडाको वस्तुस्थिति बुझेका छन्।
Advertisement




