आज भन्दा करीब १४/१५ बर्ष अगाडी अस्ट्रेलीया पुगेका शिव सापकोटा र लक्ष्मी कडेल केही समय कामको लागि भौतारिए । जिन्दगीदेखि हार नखाइकन पछी उनीहरुले नेपाली सामानको ग्रोसरी खोल्ने निर्णय गरे । शूरुमा भीलेज ग्रोसरीको नामबाट पसल सञ्चालन गरेपनि पछि स्वागत ग्रोसरीको नामबाट पसल सन्चालनमा ल्याए । टिपिकल नेपाली नाम जस्तै उनिहरुले पसलमा धेरै नेपालीहरुलाई स्वागत गर्ने अवसर पाए ।

हरेक नेपाली पर्व संस्कृति धर्म परम्परामा प्रयोग हुने सबै प्रकारका सामान पाइनु स्वागत ग्रोसरीकोे बिशेषता हो । नेपालमा पर्ने हरेक चाडपर्वमा प्रयोग हुने सामाग्रीहरु प्रयोग गर्न पाउदा नेपाली ग्राहकहरु निकै खुशी भएको लक्ष्मीको अनुभव छ । उनिहरुले नेपाली हिन्दु महिलाहरुको पर्व तिजमा प्रयोग हुने टिका,धागो,चुरा पोते देखि तिहारमा भाइहरुलाई चेलीहरुले दिने सेल र अनारसा दुवो माला भाइटिका सम्म पाइन्छ । त्यस्तै न्वारन, ब्रतबन्ध,विवाह, विभिन्न पूजाहरुमा प्रयोग हुने सामाग्रीहरु एउटै पसलमा पाउदा ग्राहकहरु खुशी भएर फर्केको उनिहरुको अनुभव छ । उनिहरु धेरैका लागि उनी प्रेरणाको स्रोत हुन । त्यहाँ दुइसय भन्दा बढी अर्गानिक तथा स्थानीय नेपाली उत्पादनहरू पाइने कुरा लक्ष्मी बताइन ।

स्वागत ग्रोसरीमा सिमी, विभिन्न प्रकारका दाल, गेडागुडी, मार्सी चामल, च्याँख्ला, मसला, चिया सिड्स, इलामको चिया, तुलसी चिया लगायत किन्न पाइन्छ । यसबाहेक मह, तोरी, जौ, गहुँ, कोदो, फापर, बेसार, ओखर लगायत उपलब्ध छ । साथै ग्रोसरीमा डल्ले खुर्सानी, गुन्द्रुकछोप, सोयाचंक (सोयाबिन), टिमुरछोप, लगायतका अचार हरु पनि पाइन्छ । यो जोडीले यी विभिन्न सामाग्रीहरुलाई आफ्नो ग्रोसरी मार्फत बिक्रि गरि अस्ट्रेलियामा बस्ने नेपाली भान्साहरूमा पु¥याउँछन् । लक्ष्मी भन्छिन यहाँ आएपछि ग्राहकहरु नेपाली आँगनमा पुगेको महसुस गर्दछन् अनि खुशी भएर सामान किनेर फर्कन्छन् । यति धेरै सामान एउटै छाना मुनी किन्न पाएका सयौ सन्तुष्ट ग्राहकहरु नै स्वागत ग्रोसरीका सम्पत्ति हुन् । त्यहाँ नेपाली वाहेक इन्डीयन , श्रीलंकन सामाग्रीहरु पनि पाइन्छ ।




