• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बान्जाई एजुकेशनमा निःशुल्क जापानीज भाषा पढाइँदै


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • चितवन/जापान जाने विद्यार्थीहरुलाई लक्षित गर्दै नारायणगढको पुलचोकमा बान्जाई एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । अध्ययनका लागि जापान जाने विद्यार्थी बढेसँगै उनीहरुलाई गुणस्तरीय शिक्षासँगै जापानको सांस्कृतिक, कानुनी विषयमा व्यवहारिक ज्ञान दिँदै गुणस्तरीय जापानिज भाषा अध्यापन गराउन बान्जाई सञ्चालनमा आएको हो । दुई हप्ता अघिदेखि भाषा अध्यापन गराउँदै आएको बान्जाईको आज बिहान भरतपुर–३ का वडाध्यक्ष विकास थापाले उद्घाटन गर्नुभयो । बान्जाईको उद्घाटनका क्रममा थापाले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर त्यहाँको सांस्कृतिक र भौगालिक विषयबारे जानकारी गराउँदै वैदेशिक अध्ययनमा पठाउनुपर्ने बताउनुभयो । पढ्न जाने व्यक्ति राम्रोसँग भाषा अध्ययन गरेर जानुपर्ने भन्दै वडाध्यक्ष थापाले काम गर्न जाने व्यक्ति भाषासँगै सीप सिकेर जानुपर्ने बताउनुभयो ।
    सीप र भाषा दुवै जानेर वैदेशिक अध्ययन तथा रोजगारमा जाँदा काम गर्न सहज हुनुका साथै राम्रो आम्दानी हुने थापाको भनाइ थियो । जापानमा भाषा अध्ययन गरेर लामो समय बसेका दुई जना व्यक्तिले बान्जाई सञ्चालन गरेका हुन् । उद्घाटनका क्रममा बान्जाईका प्रबन्ध निर्देशक ऋषि कँडेलले आफू जापानमा भाषा अध्ययन गर्न गएर त्यहाँ ६ वर्ष बस्दा सिकेको व्यवहारिक तथा कानुनी विषयमा विद्यार्थीहरुलाई अध्ययन गराइने बताउनुभयो ।

    Advertisement


    “विद्यार्थीहरुको महत्वपूर्ण गन्तव्य जापान बनेको छ” उहाँले भन्नुभयो, “हामीले जापानीज भाषा पढाउनुका साथै जापान जाँदा र गएपछि त्यहाँ गर्नुपर्ने र गर्न नहुने कामका बारेमा विद्यार्थीलाई राम्रोसँग सिकाएर पठाउँछौँ ।” पछिल्लो समय विद्यार्थीहरुलाई प्रलोभनमा पारेर ठगी गर्ने प्रवृत्ति बढेको भन्दै यसप्रति सचेत भएर आफूहरुले बान्जाई सञ्चालनमा ल्याएको कँडेलको भनाइ छ । अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बान्जाईमा निःशुल्क रुपमा अडियो, भिडियोको माध्यमबाट भाषा अध्ययन गराइने उल्लेख गर्दै कँडेले विद्यार्थीलाई पुस्तकसमेत निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।
    “बान्जाईको ओपनिङका अवसरमा जापान अध्ययन जान चाहने विद्यार्थीलाई सेवा शुल्कमा २० प्रतिशतसम्म छुट प्रदान गरेका छौँ” उहाँले भन्नुभयो, “टाढाबाट आउने विद्यार्थीहरुका लागि सधैँ विशेष छुट प्रदान गर्नेछौँ ।” भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई साप्ताहिक रुपमा परीक्षा लिँदै उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेसमेत उहाँको भनाइ छ । एउटा कक्षामा बढीमा १८ जना विद्यार्थी राखेर भाषा कक्षा अध्ययन गराइने भन्दै कँडेलले एउटा कक्षा दुई घण्टाको हुने जानकारी दिनुभयो ।
    कार्यक्रममा बान्जाईका प्रमुख कार्यकारी अधिकृत (सिईओ) उन्नति भुसालले आफू विसं २०५९ मा जापान गएर १० वर्ष अध्ययन गरेर फर्किएपछि शैक्षिक बान्जाई सञ्चालनमा ल्याएको बताउनुभयो । भुसालले जापान बस्दा अध्ययन गरेका विषयवस्तुसहित त्यहाँका कानुनी तथा सांस्कृतिक विषय समेटेर पुस्तक प्रकाशित गर्नुभएको छ । “जापान जान चाहने विद्यार्थीलाई आवश्यक पर्ने भाषासम्बन्धी सबै ज्ञान पुस्तकमा समावेश गरेको छु” उहाँले भन्नुभयो, “हामीले सिधै जापानका स्कुलसँग सहकार्य गरेर विद्यार्थी भिषामा यहाँबाट विद्यार्थीहरु पठाउँछौँ ।”
    जापान अध्ययन गर्न जानका लागि कम्तीमा पनि कक्षा १२ उत्तीर्ण भएको हुनुपर्ने भन्दै उहाँले अध्ययन ग्याप आठ वर्षसम्म हुनेलाई जापान पठाउन सकिने बताउनुभयो । “जापान जानका लागि भाषा महत्वपूर्ण हो, भाषामा निपूर्ण भएपछि एजुकेशन ग्यापलाई त हामी मिलाएर पठाउँछौँ” उहाँले भन्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष शिरिष पन्तसहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.