चितवन/भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा डा.दिपेन्द्र न्यौपाने निर्वाचित हुनु भएको छ । युनियनको सम्पन्न १६ औं वार्षिक साधारण सभा एवं नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनमा केही पद सर्वसम्मत भएको थियो भने केही पदमा निर्वाचन भएको हो । अध्यक्षमा डा.न्यौपाने ११४ मतका साथ विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी शिवप्रसाद बसेलले ३८ मत प्राप्त गर्नुभयो । बरिष्ठ उपाध्यक्षमा इरिना प्रधान निर्विरोध निर्वाचित हुनुभयो भने उपाध्यक्षमा प्रभात पौडेललाई पराजित गर्दै शारदा खनाल विजयी हुनुभयो ।
Advertisement

सचिवमा सुदीप पाण्डेले उत्तम पौडेल र तुलसी थापालाई पछाडि पार्दै विजयी हुनुभयो । कोषाध्यक्ष प्रभा गुरुङले आशिष पौडेललाई पछाडि पार्दै विजयी हुनुभयो । सह-कोषाध्यक्षमा संगीता कुँवर अधिकारी चयन हुनु भएको छ । समितिको सदस्यहरुमा रोशन बस्नेत, सजिना श्रेष्ठ, उषा खनाल देवकोटा, ज्ञानबहादुर भण्डारी र मञ्जु डाँगी निर्विरोध निर्वाचित हुनु भएको छ ।




