नारायणगढ/नारायणगढ जेसीज एवं गीतानगर जेसीजको संयुक्त आयोजनामा “प्रभावकारी भाषणकला तालिम” मिति २०८०असार २३ गते शनिबार नारायणगढ जेसीजको सचिवालयमा सम्पन्न भएको छ। डेजी आवासीय मा वी का प्राध्यापक बौद्धिक व्यक्तित्व प्रखर वक्ता श्री प्रेम राज रिमालज्यू प्रमुख प्रशिक्षक रहनु भएको उक्त तालिममा कुशल वक्ताले ध्यान दिनु पर्ने महत्वपूर्ण विषयहरूको बारेमा प्रशिक्षण प्रदान गर्नभएको थियो।

दुवै शाखाका पदाधिकारी ,सदस्य एवं नारायणगढ जेसीजका सम्भावित सदस्यहरुको उत्साहजनक सहभागिता रहेको सो कार्यक्रमको संयोजन सह कोषाध्यक्ष जेसी अमित आचार्यले गर्नुभएको थियो। गितानगर जेसीजका शाखा अध्यक्ष जेसी सन्तोष लामिछानेको सभापतित्व सम्पन्न उक्त कार्यक्रमा नारायणगढ जेसीजका शाखा अध्यक्ष जेसी अमर घिमिरे, पुर्वअध्यक्ष सिनेटर कंचन अग्रवाल, गितानगर जेसीज वर्ष २०१९ का शाखा अध्यक्ष एवं नेपाल जेसीज पुर्व राष्ट्रिय महासचिव जेसी कृष्ण सापकोटा, देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटा, गितानगर जुनियर जेसीजकी अध्यक्ष जु जेसी मनिता तामाङको प्रेरणादायी उपस्थिति रहको थियो।
Advertisement




