• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

जिल्ला कारागार चितवनको स्थलगत अनुगमन


  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले आइतबार जिल्ला कारागार चितवनको स्थलगत अनुगमन गर्नु भएको छ । जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीहरु रहेको भन्ने जनगुनासो आएपछि नगर उप प्रमुखले कारागारको स्थलगत अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा नगर उप प्रमुख अधिकारीले कारागारका कैदीबन्दीहरुसँग अन्तरक्रिया समेत गर्नु भएको छ । अन्तरक्रियामा कैदीबन्दीहरुले क्षमता भन्दा बढी जनशक्ति राख्दा बस्न निकै अप्ठ्यारो भएको नगर उप प्रमुख समक्ष गुनासो गरेका छन् । कारागारको विद्यमान अवस्था, समस्या र समाधानको लागि स्थानीय सरकारको हैसियतले ब्यबस्थापन गर्न म तयार छु, एउटा जिम्मेवार पदमा बसेको जनप्रतिनिधि भएको नाताले पनि कारागारको समस्या समाधान गर्न तर्फ मेरो ध्यान केन्द्रित हुने छ उप प्रमुखले भन्नू भयो । उहाँले कारागारको समग्र स्तरोन्नतिका लागि महानगरपालिकाबाट आबश्यक बजेटको ब्यबस्था गर्ने पनि बताउनु भयो । यहाँ रहेका कैदी बन्दीलाई आयआर्जनमा थप टेवा पुर्‍याउने गरि काम गर्न सकिनुको साथै उनिहरुलाई खाली समयको सदुपयोग गर्न सिपमूलक तालिमहरूको ब्यबस्थापन गर्न सकिने उहाँको तर्क छ । यसका साथै कारागारको भौतिक अवस्था, खानेपानी, स्वास्थ्य, सरसफाई र कैदीबन्दिको सीपमुलक तालिम लगाएत अन्य बिषयहरुको बारेमा उप प्रमुखले चाँसो र चिन्ता राख्नु भएको छ ।

    Advertisement

    अनुगमनमा जानु भएका उप प्रमुख सगको भेटमा जेलर कमल प्रसाद आचार्यले कारागारको अवस्था दिन प्रती दिन दयनीय बन्दै गएको बताउनु भयो । कारागारको अवस्था निकै दयनीय छ, स्थानीय सरकारले यसको चासो लिएर पहल गर्दिनका लागि उप प्रमुख समक्ष मेरो अनुरोध छ आचार्यले भन्नू भयो । जम्मा ३ सय ४० जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७ सय ५४ जना कैदी बन्दिहरु रहेका छन् । केहि दिन अघि सम्म ८ सय १० जना कैदी बन्दि रहेको उक्त कारागारबाट ४८ जनालाइ भिमफेदी कारागारमा स्थानान्तरण गरेपछि कैदी बन्दिहरुको सख्या घटेर ७ सय ५४ मा झरेको हो । कारागारमा हाल सात सय १ जना पुरुष,४८ महिला, एक जना नावालक र ४ जना नावालिका गरि ७ सय ५४ जना रहेका छन् । जिल्ला कारागार भरतपुरमा हाल गैडाको खाग बिक्री मुद्दामा ५६ जना,कर्तव्य ज्यान मुद्दामा ८३ जना,लागु औषध मुद्दामा १७४ जना,डाका मुद्दामा ३८ जना,ज्यान मार्ने उद्योगमा १७ जना,जिउ मास्ने बेच्ने मानव बेचबिखन मुद्दामा १० जना रहेका छन् । त्यस्तै अपहरण तथा शारीरिक बन्धक मुद्दामा ५ जना,चोरी मुद्दामा ७१ जना,सार्वजनिक अपराधमा ८ जना,हातहतियार तथा खरखजनामा ५ जना,काठ चोरीमा २ जना,बाघ सम्बन्धि मुद्दामा १ जना,वन्यजन्तु चोरी शिकारी मुद्दामा पनि १ जना रहेका छन् । त्यसैगरी ठगी मुद्दामा २६ जना,गौबधमा  १ जना,खोटाचलान मुद्दामा ४ जना,बहुबिबाह मुद्दामा ६ जना,सवारी ज्यान मुद्दामा ५६ जना,आत्महत्या दुरुत्साहनमा ८ जना र जवरजस्ती करणी मुद्दामा १७७ जना रहेको जिल्ला कारागार भरतपुरले जनाएको छ । यसरी हेर्दा सबै भन्दा बढी जवरजस्ती करणी मुद्दामा १७७ जना र लागु औषध मुद्दामा १७४ जना रहेका छन् भने सबैभन्दा कम बाघ सम्बन्धि मुद्दामा १ जना,वन्यजन्तु चोरी शिकारी मुद्दामा १ जना  र गौवध मुद्दामा १ जना रहेका छन ।

    आइतबार, असार २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.