कालिका/सवारी चलाकको दृष्टि राम्रो भएमात्र सुरक्षितयात्रा सँभवहुने ठहर गर्दै नारायणगढ लेडि जेसिजले टोल विकास संस्था र लायन्स क्लवहरुको सहकार्यमा निशुल्कआँखा र मधुमेह परिक्षण सम्पन्न गरेको छ । भरतपुर १ पोखरा वसपार्क एरियामा रहेका झण्डै १ सय ७० चालक र सर्वसाधारणको निशुल्कआखाँ र मधुमेह परिक्षण गरेको छ । भरतपुर महानगर वडा नम्बर १ काअध्यक्ष केशव मर्हजनको प्रमुखआतिथ्थतता रहेको कार्यक्रममा भरतपुर आँखा अस्पताल र आईआर ल्यावको प्रविधिक सहयोगमा शिविर संचालन भएको थियो ।कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष मर्हजनले सामाजिक संघसंस्थाले गर्ने यस्ता सहयोगीकार्यले न्युन आयभएका र स्वास्थ्यको पहुचन भएका ब्यक्तिलाई सहयोग पुग्ने बताउनु भयो ।
Advertisement
पोखरा वसपार्क टोलकाअध्यक्षपदमश्रेष्ठको अध्यक्षततामा सम्पन्नभएको कार्यक्रममा लेडि जेसिजकीअध्यक्ष सुस्मीताश्रेष्ठ, लायन्स क्लव क्लष्टर चिफविनिता नेपाल, रिजन पर्सन विन्दु पौडेल, जोन पर्सन निरु कार्की , अनिताश्रेष्ठ अधिकारी , आई बैक कोअडिनेटर छाँया श्रेष्ठ, आयन्स क्लव साईनिङकीअध्यक्षगौरी गुरुङ, गोल्डेनकीअध्यक्ष गिता क्षेत्री, लेडि जेसिजकी पुर्व अध्यक्ष सरिता श्रेष्ठ र कार्यक्रम संयोजक सुमिता सिंह लगायतले मन्तब्य राख्नु भएको थियो । असार १५ देखि शुरु भएको सप्ताहभोलि २१ गते शेयर वजार सम्वन्धी जानकारी गराउदै समापनहुने संस्थाकी कानुन सल्लाहकार हिमा श्रेष्ठले जानकारी दिनु भयो । नारायणगढ लेडि जेसिजले सप्ताहब्यापी रुपमा यस अधिमहिलाहरु विच स्लो स्कुटर , छात्रावृतिवितरण, भोजन सेवा, ट्राफिक सचेतना, जस्ता कार्यक्रम गरिसकेको छ ।




