नारायणगढ/लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ आर लायन्स अफ नारायणगढ लालीगुराँसको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२३–२४ का अध्यक्ष लायन दिपिका खड्की, उपाध्यक्ष लायन गीता ढकाल, सचिव लायन अम्बिका श्रेष्ठ र कोषाध्यक्ष लायन राधा शर्मालाई कार्यक्रमका अतिथिहरु पूर्व अध्यक्ष एवम् क्लष्टर चिप–४ लायन विनिता कोइराला नेपाल र डिष्ट्रिक अध्यक्ष रनु श्रेष्ठ लगायतले पद हस्तान्तरण गराएका थिए । कार्यक्रममा लायन्स अफ नारायणगढ लालीगुराँसका पदाधिकारी एवम् सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
Advertisement





