• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुर २३ तेस्रो बालमैत्रि वडा घोषणा


  •   बुधबार, असार २०, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिकाले आगामी चार बर्ष भित्र सिङ्गो महानगरपालिकालाइ बालमैत्रि महानगरको रुपमा घोषणा गर्ने लक्ष्य अनुसार धमाधम केही वडाहरुलाइ बालमैत्रि वडा घोषणा गरिरहेको छ । आर्थिक बर्ष २०८३/०८४ सम्ममा महानगरका २९ वटै वडालाइ बालमैत्रि बनाउने गरि महानगरपालिका तयारीमा जुटिसकेको छ । यसका लागि महानगरपालिकाले २६ बुदे घोषणापत्र समेत जारी गरिसकेको छ । यसै क्रममा महानगरले बुधबार पनि निकै तामझामका साथ वडा न २३ लाई तेस्रो बालमैत्रि वडाको रुपमा घोषणा गरेको छ । आशा अनाथालय नेपालको आर्थिक सहयोगमा वडा न २३ लाई बालमैत्रि वडाको रुपमा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा स्थानीय बाल अधिकार समितिका सयोजक समेत रहेका नगर उप प्रमुख चित्रसेन अधिकारीले एक भब्य समारोहका बिच वडा न २३ लाई  तेस्रो बालमैत्री वडाको रुपमा घोषणा गर्नु भएको हो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले हाम्रो भरतपुर राम्रो भरतपुर बनाउने उद्वेश्यले महानगरका सबै वडाहरु बालमैत्री वडाको रुपमा घोषणा गरिदै जाने उल्लेख गर्नु भयो । अब एक पछि अर्को गर्दै क्रमशः महानगरका सबै वडा बिस्तारै बालमैत्रि वडाको रुपमा घोषणा हुने छन उप प्रमुखले भन्नू भयो, अहिले भरतपुर महानगरपालिकाले एक दुई वटा वडालाइ बालमैत्रि वडाको रुपमा घोषणा गरिरहेको छ अब छिट्टै नै २९ वटै वडालाइ बालमैत्रि वडाको रुपमा घोषणा गर्ने गरि महानगर अगाडि बढेको छ अधिकारीले भन्नू भयो । हामी हाम्रो महानगरलाइ सुन्दर, शान्त, भयरहित साथै बालमैत्रि महानगरको रुपमा हेर्न चाहन्छौं उप प्रमुख अधिकारीको ठम्याइ रहेको छ । भरतपुर महानगरपालिका बागमती प्रदेशकै सम्भवत पहिलो बालमैत्रि महानगरको रुपमा घोषणा हुने छ नगर उप प्रमुखले भन्नू भयो, घोषणा सगै हाम्रा सामु थप चुनौतीहरु पनि थपिएको भन्दै उहाँले घोषणा पक्षलाई सफल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको जिकिर समेत गर्नु भयो । ‘घोषणा गर्नु महत्त्वपूर्ण पक्ष होईन त्यसपछिको व्यवस्थापन पक्ष अझ महत्वपुर्ण र अर्थपूर्ण रहने देखिन्छ उप प्रमुख अधिकारीको स्पष्टोक्ती रहेको छ ।

    बालमैत्रि वडा घोषणा कार्यक्रम हाम्रो अभियान हो वडा अध्यक्ष दिपक दवाडीले भन्नू भयो, यो अभियानमा तपाई हामी सबै जुट्न जरुरी छ । सबै जनप्रतिनिधि र आम नागरिकले यस अभियानलाई आफ्नै सोचेर काम नगरे सम्म अभियानले पुर्णता नपाउने पनि अध्यक्ष दवाडीले बताउनु भयो । वडा न २३ मा हाल दुई हजार ५ सय ५६ जना बालबालिकाहरु रहेका छन् । यसैबीच भरतपुर महानगरपालिकाले असार २२ गते शुक्रबार एभरेस्ट लनिङ्ग एकेडेमीको आर्थिक सहयोगमा वडा न २१ लाई पनि बालमैत्रि वडाको रुपमा घोषणा गर्ने तयारी गरेको छ । यस अघि भरतपुर महानगरपालिकाले वडा न १३ लाई दोस्रो बालमैत्रि वडाको रुपमा घोषणा गरिसकेको छ । भरतपुर महानगरपालिकाको समन्वय तथा हिमालयन लाईफको आर्थिक सहयोगमा महानगरपालिकाको वडा न १३ लाई दोस्रो बालमैत्री वडाको रुपमा घोषणा गरिएको हो । त्यस्तै २०७६ साल असार २५ गते वडा नम्बर १४ लाई पहिलो बालमैत्री वडाको रुपमा घोषणा गरिएको थियोे । त्यस्तै साबिक भरतपुर उप महानगरपालिका हुँदा वडा नम्बर ९ लाई बालश्रम मुक्त वडाको रुपमा घोषणा गरिएको थियोे । बालमैत्रि वडाको रुपमा घोषणा हुनलाइ बालबालिकाको क्षेत्रमा रहेका विभिन्न ५१ वटा सुचकहरु पूरा गर्नु पर्छ, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख शुशिला वाग्लेले भन्नु भयो । बालमैत्रि वडा घोषणा हुन पाँच बर्ष मुनिका बालबालिकाहरुको जन्म दर्ता पूरा भएको हुनुपर्ने, सबै बालबालिकाहरुले पुर्ण रुपमा खोप लगाएको हुनुपर्ने, बालमैत्रि सरचनाहरु निर्माण भएको हुनुपर्ने लगाएतका ५१ वटा सुचकहरु पार गरेपछि मात्रै बालमैत्रि वडाको रुपमा घोषणा गर्न मिल्छ,प्रमुख वाग्लेले भन्नु भयो ।

    भरतपुर महानगरपालिकाले हाल अभिभावक बिहिन तथा कुनै पनि साहारा नभएका ११ जना बालबालिकाहरुलाइ प्रदेश सरकारको आर्थिक सहयोगमा  मासिक २ हजारका दरले भत्ता प्रदान गरिरहेको छ । महानगरले यस बर्ष बालबालिकाको क्षेत्रमा काम गर्नको लागी ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको  भरतपुर महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख सुकदेब ढकालले जानकारी दिनु भयो । कार्यक्रममा भरतपुर १० का अध्यक्ष एवं सामाजिक बिकास समिति सयोजक परमेश्वर खनाल,१३ का अध्यक्ष प्रकाश दवाडी,प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्की,  २३ का वडा सदस्य अन्जु परियार,स्वास्थ्य तथा सामाजिक बिकास महाशाखाका निर्देशक शान्ता कुमारी पौडेल,योजना महाशाखा प्रमुख ओम प्रसाद पाण्डे,विभिन्न पार्टीका प्रतिनिधिहरु,नगर बाल संजालका सचिब स्वस्तिका पाठक लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे । स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा १०२ (१) ले बालबालिकाको सम्बन्धमा कानुन बनाउने अधिकार पनि स्थानीय सरकारलाइ दिएको छ ।

    बुधबार, असार २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.