• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बालगृहहरुको अनुगमन पश्चात मापदण्ड अनुसार सन्चालन गर्न बालगृह सन्चालकहरुलाइ निर्देशन


  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगर उप प्रमुख एवं भरतपुर महानगरपालिकाका बाल कल्याण समिति सयोजक चित्रसेन अधिकारीले महानगर भित्र सन्चालनमा रहेका बालगृहहरुको अनुगमन पश्चात मापदण्ड अनुसार सन्चालन गर्न बालगृह सन्चालकहरुलाइ निर्देशन दिनुभएको छ । अनुगमनका क्रममा कुनै कुनै बालगृह मापदण्ड नपुगी सन्चालनमा आएको पाइएकोले मापदण्ड अनुसार  सन्चालनमा ल्याउन भनेका छौ,उप प्रमुख अधिकारीले भन्नू भयो । मगलबार भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुको अनुगमन तथा निरीक्षणका क्रममा मापदण्ड बिपरित सन्चालनमा आएका बालगृहहरुलाइ उप प्रमुखले सुधार गरेर मात्रै पुन सन्चालन गर्न निर्देशन दिनु भएको हो ।

    Advertisement

    अनुगमनमा अधिकारी सहित चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा,भरतपुर १० का वडा अध्यक्ष तथा सामाजिक बिकास समिति सयोजक परमेश्वर खनाल, महानगरका उप सचिब ओम प्रसाद पाण्डे, जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब निरीक्षक रिमा कोइराला,स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल लगाएतको सयुक्त टोलिले अनुगमन तथा निरीक्षण गरेको हो । भरतपुर २७ पर्साढापमा रहेको पहिलो प्रेम नेपाल बालगृह, भरतपुर १६ मा रहेको आस्ना बाल पुनर्स्थापना गृह र बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल ( पि टु सि टु ),भरतपुर ७ मा रहेको राइज अफ होम र भरतपुर ९ मा रहेको चितवन मानव सेवा आश्रममा गरिएको अनुगमनमा बिशेष गरि त्यहाँ आश्रित बालबालिकाहरुको जन्म दर्ता, सस्था दर्ता तथा नविकरण, मापदण्ड अनुसार बालबालिकाहरुको  स्वास्थ्य उपचार भए नभएको,खाना पकाउने भान्छा,ओछ्यान , भौतिक सरचना लगाएतका विषयहरुमा गहन रुपले अध्ययन तथा अनुगमन गरि सुधार गर्न निर्देशन दिएको छु उप प्रमुख अधिकारीले भन्नू भयो । पहिलो प्रेम नेपाल बालगृहमा हाल १६ जना,आस्ना बाल पुनर्स्थापना गृहमा १८ जना,बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल ( पि टु सि टु ) मा ३१ जना, राइज अफ होममा १३ जना र चितवन मानव सेवा आश्रममा ४९ जना सडक मानव रहेका छन ।

    भरतपुर १० का अध्यक्ष एवं सामाजिक बिकास समिति सयोजक परमेश्वर खनालले बालबालिकाहरुको भबिस्य माथी खेलवाड नगर्न बालगृह सन्चालकहरुलाइ आग्रह गर्नु भएको छ । मापदण्डअनुसार बालगृह सन्चालन गर्नुहोस् सयोजक खनालले भन्नू भयो,दायाँबायाँ गरेको पाइए कारबाही हुन्छ । बालगृह सन्चालन गर्न भौतिक सरचना, खानपान, सरसफाइ, खेलमैदान, आयाहरु, समय समयमा स्वास्थ्य परिक्षण लगाएतका थुप्रै मापदण्डहरु पूरा गरेको हुनुपर्छ । नेपालमा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको विभिन्न खोज तथा अध्ययनहरुले देखाएका छन। कानुन सम्मत प्रक्रिया पूरा गरेर आउनुस भनेका छौ, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भन्नू भयो अर्को पटक आउदा प्रक्रिया पूरा नगरेको पाइए प्रशासन कानुन अनुसार अगाडि बढन बाध्य हुने छ । अनुगमनको क्रममा खानाको ब्यबस्थापन राम्रो नभएको, सुत्ने कोठाको ब्यबस्थापन राम्रो सग नगरिएको, बालगृहमा रहेका अन्य सामाग्रीहरु गुणस्तरिय नभएको, सरसफाइमा बिशेष ध्यान नपुर्‍याएको पाइएको हुनाले सुध्रिने मौका दिएको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख तथा बाल कल्याण अधिकारी शान्ता कुमारी पौडेलले जानकारी दिनु भयो । यी सस्थाहरुलाइ एक पटकलाइ सुधार गरेर सन्चालान गर्ने गरि मौका दिएका छौ, अब उहाँहरु सुध्रिएर आउनु भयो भने सस्था निरन्तर अगाडि बढ्छ नत्र फेरि अर्को पटक यस्तै प्राकृतिका घटनाहरु दोहोर्‍याए कारबाही हुन्छ पौडेलले भन्नू भयो ।

    महानगर भित्र हाल २३ वटा बालगृहहरु सन्चालनमा रहेका छन । पौडेलका अनुसार २३ वटा बालगृहमा सरक्षित बालबालिकाको सख्या ६ सय ७८ रहेको छ । जस मध्ये बालक २ सय ९६ जना अर्थात  ४३ दशमलव ६६ प्रतिशत र बालिका ३ सय ४२ जना अर्थात ५६ दशमलव ३४ प्रतिशत रहेको छ । उहाँले बालगृह सन्चालन गर्न कम्तीमा पनि २० जना पुग्नु पर्ने प्राबधान रहेको समेत प्रष्ट पार्नु भयो । नेपालमा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइरालाको भनाइ छ ।  शक्ति समूह बाल सरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको सस्था हो । कोइरालाका अनुसार हाल नेपालमा ४० जिल्लामा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार नेपालमा काठमाडौ र भरतपुरमा सबै भन्दा बढी बालगृहहरु सन्चालनमा रहेका छन । परिषद्का सदस्य सचिब इन्द्रा देवि ढकालका अनुसार चितवनका बालगृहहरु उत्कृष्ट श्रेणीमा पर्ने गरेका छन । चितवनमा केन्द्रको निरन्तर निगरानी भइरहेको बताउदै उहाँले सघिय र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले बालगृहहरुको अनुगमन तथा रेखदेख गरिरहेको बताउनु भयो । स्थानीय तहले स्थानीय स्तरमा बालगृह सन्चालन गर्न सिफारिस गरेपछि मात्रै राष्ट्रिय बालअधिकार परिषद्ले अनुमति दिने कार्यब्यबस्था रहेको छ ।

    मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.