माडी/इतिहास मै नभएको दलित भन्ने शब्द पछिल्लो समय सामन्त सोच र विचारले जन्मिएको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता तथा स्थाई कमिटी सदस्य प्रकाण्ड सी ले बताउनुभएको छ । दलित जागरण माडीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रकण्डले यस्तो बताउनुभएको हो । दलित भन्ने शब्द इतिहासमा कतै नभएको र पछिल्लो समय सामन्ती विचार, सामन्ती राज्य सामन्ती शासकहरूले आफ्नो राज्य व्यवस्थालाई मजबूत बनाउने अभियान अन्तर्गत मासलाई विभाजन गरी दलित शब्द जन्माएको प्रकाण्डले बताउनुभयो । दलित उत्पीडन वर्ग समुदायको मुक्ति चाहने हो भने नयाँ ढंगले संगठित भएर सोच्न र लाग्न पर्ने उहाँको भनाई थियो । बसन्तपुरमा भएको कार्यक्रममा माडीका दलित अगुवाहरूको सहभागिता रहेको थियो ।
Advertisement




