• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

साइवर अपराध एवं सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न


  •   शुक्रबार, असार १५, २०८० मा प्रकाशित
  • काठमाडौं /तारकेश्वर नगरपालिकाका सामुदायिक स्कुलका विद्यार्थीलाई लक्ष्यित गरी साइवर अपराध एवं सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकासँगको सहकार्यमा परिवर्तनका निम्ती सहकार्य नेपालले विहिवार तारकेश्वर नगरपालिका वडा नं १० स्थीत त्रिवेणी ब्याङक्वेटमा “साइवर अपराध न्यूनिकरण सम्बन्धी सचेनामुलक कार्यक्रम” सम्पन्न गरेको हो । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा उच्च अदालतका पुर्व न्यायधीश अग्निप्रसाद थपलिया र साइबर व्युरोका डिएसपी प्रदिन ताम्राकारले साइबर अपराध न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । संचार उधमी तथा परिवर्तनका निम्ती सहयकार्य नेपालका अध्यक्ष रबिन प्रसाद थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिकाका बिभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरु, शिक्षक, शिक्षिका, अभिभावक, स्थानीयबासी लगायतलाई साइबर अपराध न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिईएको थियो ।

    Advertisement

    कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले प्रविधिको प्रयोगसंगै चुनौतिको रुपमा खडा भएको साइबर अपराधलाई न्युनिकरणका लागि नगरपालिका मार्फत सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भइरहेको बताउनुभयो । साइबर अपराधको जोमिम बढदै गइरहेको बताँउदै नगरप्रमुख महर्जनले त्यसलाई कम गर्नका लागि सबैले आआफ्नो ठाँउबाट लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “आजका बालबालिकाको इन्टरनेट प्रविधिमा पहुँच छ, तर त्यसलाई चलाउँदा अपनाउनुपर्ने सावधानीबारे जानकारी नहुँदा जानी–नजानी साइवर अपराधमा पर्न सक्ने सम्भावनालाई न्युनिकरण गर्न नगरपालिकाले विद्यार्थी लक्ष्यित साइवर सचेतना कार्यक्रमका लागि संघ संस्थाहरुसंग सहकार्य गरेर कार्यक्रम गरिरहेको छ ” नगरप्रमुख महर्जनले प्रविधिको सहि सदुपयोग गर्दै देशका लागि योगदान दिन सक्ने नागरिक बन्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले समाजमा साइबर अपराध चुनौतिको रुपमा खडा भएको बताँउदै साइबर अपराधबाट बच्नका लागि आफुले प्रयोगगर्ने मोवाइल र कम्प्युटरलाई अत्यन्त सुरक्षीत तरीकाले राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “मिनिकम्प्युटरको रुपमा रहेको मोवाइललाई सहि तरिकाले प्रयोग गर्न जानीएन भने हामी धेरै असुरक्षाले घेरिएका हुनेछौं । त्यसैले मोवाइल र कम्प्युटरलाई अत्यन्त सुरक्षीत तरीकाले राख्नु पर्दछ कुनै पनी ह्याकर तथा साइबर अपराधीबाट जोगिन सचेत बनौं” सो अवसरमा उच्च अदालतका पूर्व न्यायधिस अग्नीप्रसाद थपलियाले साइवर अपराधबारे अदालतसम्म पुगेका मुद्दाको चर्चा गर्दै सामाजिक सञ्जालबाट अरूसँग बदला लिने, गाली गर्ने, फोटोसपको माध्यमबाट तस्वीरमा छेडखानी गर्ने, सामाजिक सञ्जालको पासवर्ड एकअर्कामा साटासाट गर्दा हुने दुरूपयोग, चिठ्ठा परेको भन्दै पैसाको ठगी गर्ने र अर्काको नाममा सामाजिक सञ्जालको आइडी बनाउने, धम्क्याउने, नग्न तस्वीर माग्ने काम सबै अपराध हुन्, यस्तो गरेमा हुने सजायको प्रकृतिबारे जानकारी गराउनुभयो ।

    त्यसैगरी साइवर व्युरोका प्रहरी नायव उरीक्षक प्रदिन ताम्राकारले आर्थिक वर्ष २०७९÷ २०८० जेठ ८ गतेसम्ममा साइवर अपराधका १७ हजार ६७० वटा उजुरी दर्ता भएको बताँउदै त्यसमध्ये साइबर अपराधका ३६७ वटा मुद्दा चलेको बताउनुभयो । डिएसपी ताम्राकारले साइबर अपराधका घटनामा नौहजार महिला, सातहजार १०६ पुरूष, ८४३ अन्य,४७६ बालिका र १४५ बालक प्रभावित भएको बताँउदै साइबर सचेतनालाई घर घर सम्म पु¥उनुपर्ने बताउनुभयो । प्रविधीको दुरूपयोगले साना बालबालिका पनि साइवर अपराधमा संलग्न भएर सजायँ भोग्नुपरेको घटनाबारे चर्चा गर्दै डिएसपी ताम्राकारले यस्तो घटनाबाट जोगिनका लागि अपनाउनुपर्ने उपायबारे प्रशिक्षण दिनुभएको थियो । डिएसपी ताम्राकारले सामाजिक सञ्जालमा नचिनेको व्यक्तिसँग कुराकानी नगर्ने, लेखपढका लागि, नयाँ जानकारीका मोवाइल, ल्यापटपलगायतका सामाग्रीको उपयोग गरौँ, अरूले विदेश लाने, महङ्गो मोवाइल किन्दिनेलगायतका लोभ देखाउँदा विश्वास नगरौं, आफ्नो दाजुदिदी, आमाबुवासँग लुकेर गर्नुपर्ने कुनै पनि कुरा गलत हुन् भन्दै विद्यार्थीलाई साइवर अपराधबारे जानकारी दिनुभयो । कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले साइबर अपराधका कारण महिला र युवावर्गमा जोखिम बढीरहेको बताँउदै साइबर अपराध न्यूनिकरणका लागि वडा कार्यालयले बजेट बिनियोजन गरेर सचेतनामुलक कार्यक्रमहरु गदै आइरहेको बताउनुभयो । कार्यक्रममा तारकेश्वर नगरपालिकाका सामुदायिक स्कुलमा अध्ययनरत छात्र÷छात्रालाई सामाजिक सञ्जालमा आफ्नो भावना, विचार व्यक्त गर्दा र कुराकानी गर्दा ध्यान दिनुपर्नेलगायतका विषयमा प्रशिक्षण दिइएको हो । कार्यक्रममा शिवपुरी गाउँपालिका वडा नं ८ थानापतिका अध्यक्ष केशव रिजाल, तारकेश्वर नगरपालिकाका कार्यपालीका सदस्यहरु शान्ता थपलिया, गिता परियार, तारकेश्वर नगरपालिका वडा नं १० का वडा सदस्य बाबुराम पौडेल, विक्रम महर्जन, नेपाली काँग्रेस काठमाण्डौंका जिल्ला सदस्य लक्ष्मण महर्जन, मनमैजु मा.विका प्रधानाध्यापक रबिना महर्जन, सहायक प्रधानाध्यापक सन्दीप सापकोटा, मानसिंह धर्म मा.विका सहायक प्रधानाध्यापक केदार गजुरेल, समाजसेवी एवं सामाजिक अभियन्ताहरु इन्द्र बहादुर घले, नारायण मल्ल ठकुरी, श्री घले जगन्नाथ आचार्य, देबराज गौली, केदार प्रसाद रिजाल, प्रेमकान्त अधिकारी, बबिता थापा, नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समाजका सदस्य ढकलाल पाण्डे, तारकेश्वर नगरपालिका वडा नं १० का कार्यालय सहायक सृजना महर्जन, वडा कार्यालयका कर्मचारी सुविना पाठक, शोभा राना लगायतको उपस्थीति रहेको थियो ।

    शुक्रबार, असार १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.