सैनामैना/सैनामैना-४ मुर्गिया रन्यौरा लुम्बिनी रोड सडक खण्डमा Foxtail Palm,Mango stick, Ficus, Rexona palm, Pulmeria जातका ५०० फुलका हरियाली प्रबर्द्धन हुने सडकलाई फुल सहितको राम्रो मनमोहक बनाउन सहयोग पुर्याउने बाहय बाताबरणलाई समेत राम्रो प्रभाब पर्ने बिरुवाहरु रोप्ने काम शुरु भएको छ।
राष्ट्रपति चुरे मधेस संरक्षण समिती कार्यावनन ईकाई रुपन्देहीको सहयोगमा तथा उपभोक्ता समिति का अध्यक्ष गोकर्ण प्रसाद सुवेदी ज्युको अध्यक्षता तथा सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यता वार्डका अध्यक्ष तथा जनप्रतिनिधि टोलबिकास संस्था स्थानिय बुद्धिजीवी सामुदायिक बन धार्मिक ब्यक्तित्व बृद्ध बुवाहरु लगायत बन प्राबिधिक महिला दिदिबहिनी सबैको उपस्थितिमा उक्त बिरुवाहरु लगाईएको छ। फुलका बेर्नाहरु आकर्षक तारजाली सहितको कभरले सुरक्षित गरि लगाईएको छ।

Advertisement




