भरतपुर/चितवनमा ईन्टर स्कुल टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । फरवार्ड भिजन ईभेन्टको आयोजनामा भरतपुरको क्याम्पसचौरमा असार ६ गतेबाट प्रतियोगिता हुनेछ । ४ दिनसम्म चल्ने यो प्रतियोगितामा चितवन, हेटौडार नवलपुरकोे गरी १२ स्कुलको सहभागि हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
Advertisement
आयोजका अनुसार टिम दर्ताको लागि प्रत्येक स्कुललाई ५००० शुल्क तोकिएको छ । एउटा टिमबाट १४ जनासम्म खेलाडीको नाम दर्ता गराउन सकिन्छ । प्रत्येक स्कुलले आफ्ना खेलाडीको लागि आवश्यक जर्सी आफैले व्यवस्था गर्नुपर्ने प्रतियोगिताका संयोजक कृष्ण नेपालीले जानकारी दिनुभयो । उहाँले ग्रासरुटदेखि नै टुर्नामेण्ट गरेर क्रिकेट खेलाडीको वृद्धि विकास र हौसलाको लागि र सक्षम खेलाडी उत्पादनको लागि प्रतियोगिता गरेको जानकारी बताउनुभयो । सम्पूर्ण खेल आईसीसीको नियम अनुसार हुनेछ ।




