• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

भरतपुरका ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा


  •   सोमबार, असार ०४, २०८० मा प्रकाशित
  • चितवन/भरतपुर महानगरमा छिर्ने जो कोही यहाँको विकास निर्माण देखेर दङ्ग पर्ने गर्दछन् । भौतिक पूर्वाधारमा देशमानै अग्रणी बनेको भरतपुरका सहरदेखि गाउँ–गाउँसम्म अग्ला अग्ला पानीका ट्याङ्की देख्न सकिन्छ । अन्य पूर्वाधारसँगै खानेपानी विस्तारमा महानगरपालिकाले छलाङ् मारेको छ । पहिलो पटक जनप्रतिनिधि आएसँगै उनीहरुको ध्यान स्वच्छ खानेपानी पु¥याउने भएकै कारण अहिले महानगरपालिकाका ९३ प्रतिशत बासिन्दा स्वच्छ खानेपानीको पहुँचमा पुगेका छन् । जनप्रतिनिधि आएपछिको ६ वर्षमा महानगरपालिकाभित्र २६ वटा ठूला आयोजना सञ्चालनमा रहेका छन् । कतिपय निर्माण सम्पन्न भईसकेका छन् । माहानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्ड, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकारको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसँग मिलेर खानेपानीका आयोजना अघि बढाएको हो ।
    महानगरपालिकाले दिएको जानकारी अनुसार ती आयोजनामा झण्डै रु ४ अर्ब लगानी भएका छन् । अन्य ठूला आयोजनासमेत आउने चरणमा रहेका छन् । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालका अनुसार चालु रहेका आयोजना सम्पन्न हुँदै गर्दा ९७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुग्ने छ । ६ वर्ष अघिसम्म महानगरका ५७ प्रतिशत बासिन्दामात्र खानेपानीको पहुँचमा थिए । त्यसो त भरतपुर महानगरपालिकाले मासिक ७ हजार लिटर सम्म खानेपानी प्रयोग गर्ने उपभोक्तालाई निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा रु ३ करोड महानगरपालिकाले विनियोजन गरेको छ । यसबाट बोर्डका मात्रै झण्डै १२ हजार उपभोक्ता लाभान्वित भएका छन् । भरतपुरमा बोर्डसँगै उपभोक्ता समितिले खानेपानीको व्यवस्थापन गर्दै आएको छ । झण्डै ४० वटा ठूला–साना उपभोक्ता समितिले खानेपानी व्यवस्थापन गर्दै आएका छन् ।
    महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार भरतपुरमा शत प्रतिशत खानेपानी पु¥याउने गरी काम भईरहेको छ । हाल सञ्चालनमा रहेका आयोजना सम्पन्न हुँदै गर्दा आउँदो एक वर्षमा भरतपुरका ९७ प्रतिशत उपभोक्ताकोमा पानीको पहुँच पुग्ने छ । दाहालले भन्नुभयो “हाम्रो दोस्रो कार्यकाल सकिनु पूर्वनै शत प्रतिशत उपभोक्ताकोमा पानी पु¥याउँदै छौ ।” कतिपयले पहुँच पुगेको ठाउँमा पनि प्रयोग नगरेका कारण प्रतिशत कम भएको हो । साना उपभोक्तालाई निःशुल्क पानी दिईएकाले सबैलाई स्वच्छ खानेपानी उपयोग गर्न दाहालले अनुरोध गर्नुभयो ।
    दाहालका अनुसार शारदानगर खानेपानी आयोजनामा रु ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा रु ३२ करोड ८५ लाख, धनगडा सहलगानी खानेपानी आयोजनामा रु २८ करोड ८८ लाख, पटिहानी–टाउन खानेपानी आयोजनामा रु २५ करोड २५ लाख, दिव्यनगर खानेपानी आयोजनामा रु २४ करोड १५ लाख र शिवनगर खानेपानी आयोजनामा रु २३ करोड २५ लाख खर्च हुँदैछ । त्यसैगरी  भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा रु पाँच करोड ५८ लाख, सोही आयोजनाको विस्तारमा रु ११ करोड ३५ लाख, भरतपुर १० मा एउटै ट्याङ्की ९ लाख लिटरको निर्माण गरीएको छ । जुन नेपालकै सबैभन्दा ठूलो ट्याङ्की हो ।
    कैलाशनगर– फूलबारी खानेपानी आयोजनामा रु आठ करोड चार लाख, आनन्दपुर खानेपानी आयोजनामा रु ६ करोड ६५ लाख, पटिहानी खानेपानी आयोजनामा रु पाँच करोड ३५ लाख, मङ्गलपुर खानेपानी आयोजनामा रु ६ करोड ७६ लाख, गीतानगर खानेपानी आयोजनामा रु चार करोड २७ लाख विनियोजन भई काम भइरहेका छन् । कतिपय काम सम्पन्न भइसकेका छन् ।
    पार्वतीपुर खानेपानी आयोजनामा रु २२ करोड पाँच लाख, देवनगर खानेपानी आयोजनामा रु पाँच करोड पाँच लाख, मेघौली साना सहरी खानेपानी आयोजना रु १७ करोड दुई लाख, शुक्रनगर खानेपानी आयोजना रु १८ करोड ७५ लाख, जगतपुर खानेपानी आयोजना रु २१ करोड पाँच लाख, गोलाघाट खानेपानी आयोजना रु १४ करोड ७५ लाख, भरतपुर खानेपानी विस्तार वडा नं २९ रु १० करोड दुई लाख, गुञ्जनगर खानेपानी आयोजना रु १६ करोड ३५ लाख, विजयनगर खानेपानी आयोजना रु आठ करोड तीन लाख र भरतपुर महानगरपालि–१ मा रु एक करोड खानेपानी आयोजनामा खर्च गरिँदैछ । देवघाट खनोपानी आयोजना रु १ करोड २ लाख, चौकी डाँडा खानेपानी आयोजना भरतपुर २९ रु ५ करोड ९५ लाख, ठिकुरा रामनगर खानेपानी १ रु ७२ लाख र ढोडेनी खानेपानी आयोजना रु १ करोड ५ लाखको लागतमा निर्माण भईरहेको छ । गौरीगञ्जमा झण्डै रु ४० करोडको लागतमा नयाँ आयोजना अघि वढाईदैं छ ।
    प्रमुख दाहालले कतिपय आयोजना सम्पन्न भइसकेको, कतिपय काम भइरहेको र कतिपयमा विस्तारको काम गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले आवश्यक ठानेका ठाउँहरुमा खानेपानी आयोजनाका लागि बोर्ड, प्रदेश सरकार र सङ्घीय सरकारले आवश्यक सहयोग गरेका कारण सफलता मिलेको हो ।
    महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको बताउनुभयो । अधिकारीले पहाडी र समथर भू–भाग सबै ठाउँमा पानीको पहुँच पु¥याउने काममा महानगर लागि परेको बताउनुभयो । कति पय पानी नपुगेका ठाउँमा थप आयोजनामार्फत काम भईरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “जनप्रतिनिधि आएपछि खानेपानी विस्तारमा भरतपुर अग्रणी रहेको छ ।” महानगरपालिकाको पहलमा प्रदेश र संघिय सरकारले खानेपानी विस्तारमा सहयोग गरेको उहाँले बताउनुभयो । खानेपानीमा सहज पहुँच पुग्न कठिन भएको रामनगर क्षेत्रमा महानगरले अहिले अस्थायी रुपमा खानेपानी उपलव्ध गराएको छ । दीर्घकालिन आयोजना संघीय सरकारमार्फत अघि बढाउन गुरुयोजना बनिरहेको महानगरले जनाएको छ ।

    Advertisement

    सोमबार, असार ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.