• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

पैदल हिँड्नुहोस्, यी रोगहरु सजिलै निदान हुने छन् ?


  •   मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
  • पैदल हिँड्नु आफैमा एक समग्र व्यायाम हो । जब हामी एउटा गति वा तिब्रताका साथ हिँड्छौं, शरीरका अंगहरु समुचित ढंगले सञ्चालन हुन्छ । शरीरले पर्याप्त अक्सिजन ग्रहण गर्छ । रक्त प्रवाह राम्ररी सुचारु हुन्छ । जब हामी मधुमेह वा उच्च रक्तचापको उपचार खोज्दै अस्पताल पुग्छौं । चिकित्सक सुझाउँछन्, ‘बिहान(बेलुकी कम्तीमा ३० मिनेट पैदल हिँड्नुहोस् ।’ कतिपय दीर्घ रोगमा सबै किसिमको व्यायाम उपयुक्त हुँदैन । कति व्यायामले उल्टो असर गर्न सक्छ । तर, पैदल हिँड्नमा त्यस्तो कुनै छेकबार छैन ।

    Advertisement

    शरीरलाई स्वस्थ राख्न हिड्नु पर्छ । दिनमा कम्तीमा तीस मिनेट नियमित हिँड्नाले मुटु स्वस्थ रहनुका साथै हड्डी बलियो हुुन्छ । पैदल हिँड्नाले शरीरको बोसो कम हुनुका साथै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा टाइप २ मधुमेह नियन्त्रित हुने गर्छ । जोर्नीको दुखाई , मांसपेशीको समस्या कम हुनुका साथै ओस्टियोपोरोसिस तथा अन्य प्रकारका क्यान्सरको जोखिम समेत कम हुन्छ ।

    पैदल हिँड्नका लागि व्यक्तिलाई कुनै विशेष प्रकारको तालिमको आवश्यकता पर्दैन । व्यक्ति जुनसुकै समयमा पनि स्वतन्त्रतापूर्वक हिडडुल गर्न सक्छन् । र, हिँडडुल गर्नाले मोटोपनाको समस्या भएका व्यक्ति, वृद्धवृद्धा तथा लामो समय निस्क्रिय जीवन विताइरहेका मानिसको लागि समेत फाइदाजनक हुन्छ । यसले उनीहरुको शारीरिक गतिविधि बढाउँछ । शरीरलाई फिट राख्न मद्दत गर्छ ।
    क्यान्सर सोसाइटीका अनुसन्धानकर्ताहरुका अनुसार सातामा औसत छ घण्टा वा सो भन्दा बढी पैदल हिँड्ने व्यक्तिको आयु लामो हुने गर्छ । हवार्ड मेडिकल स्कुलको एक अध्ययन अनुसार पैदल हिड्नाले मुटु सम्बन्धि रोग लाग्ने जोखिम ३१ प्रतिशतसम्म कम हुने गर्छ । र, मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने खतरा ३२ प्रतिशत कम हुने गर्छ । तर अहिले मानिसहरु सुविधाभोगी भएका छन् । एक पाइलाको बाटोमा पनि सवारी साधन खोज्छन् । सब्जी किन्नका लागि मोटरसाइकल चढ्छन् ।
    व्यस्त जीवनशैली तथा कुर्सीमा बसेर गरिने कामका कारण अहिले मानिसहरु आफ्नो समय कम्प्युटरमा बिताउने गर्छन् । उनीहरु धेरै भन्दा धेरै टेबलमा बसेर गरिने काममा बिताउने गर्छन् । जसले गर्दा त्यस्ता व्यक्तिहरुलाई हिँड्ने अनुकुलता कमै प्राप्त हुन्छ । त्यसैले, पैदल हिँड्ने इच्छा भएका व्यक्तिले पैदल हिड्नका लागि राम्रो विकल्प अपनाउन सक्छन् । उनीहरुले निजी बाहनको सट्टा बस वा टेम्पोमा यात्रा गर्न सक्दछन् । यसले व्यक्तिलाई बस स्ट्याण्ड वा टेम्पो स्टेशनसम्म हिँड्न व्यक्तिलाई प्रोत्साहित पनि गर्छ । त्यस्तै, हिडेरै पुगिने ठाउँमा पैदल हिड्ने गर्छन् । सन् २००७ मै गरिएको एक अध्ययनलाई आधार मान्ने हो भनेपनि सातामा करिब ७५ मिनेट हिड्नाले पनि शरीर स्वस्थ रहने गर्छ । तर त्यसको लागि दैनिक ३० मिनेट हिड्न आवश्यक छ ।

    दैनिक तीस मिनेट हिँड्दाका फाइदा
    दैनिक तीस मिनेटको हिँडाई शरीरका लागि स्वस्थ मानिन्छ । हिँड्दा लामो लामो पाइला चाल्नु पर्दछ । कयौ मानिसलाई एकै पटक छिटो छिटो हिँड्न गार्‍हो हुनसक्छ । त्यो नहोस् भन्नका लागि मानिसले सुरुमा विहान दिउँसो र बेलुकी दशरदश मिनेटको यात्रा तय गर्न सक्दछन् । जब उनीहरुमा हिँड्ने बानीको विकास हुन थाल्छ, तब उनीहरुले यो क्रमलाई क्रमश बढाउन सक्दछन् । यसले शरीरलाई फिट राख्नुका साथै तौल घटाउन समेत सहायता प्रदान गर्छ ।

    शारीरिक गतिविधिको विकास गर्ने
    यसरी हिँड्दा अन्य तरीका पनि अपनाउन सकिन्छ । जसले हिँड्ने बानीको विकास अझ प्रभावकारी ढंगले गर्दछ ।

    – लिफ्टको सट्टा सिढीको प्रयोग गर्ने
    – सार्वजनिक यातायातमा यात्रा गर्दा घर पुग्नु एक स्टप अगाडी नै ओर्लने बानी बसाल्ने ।
    – नजिकैको पसल जानु परेमा हिड्ने कोशिश गर्ने ।
    – घरमा कुकुर छ भने कुकुरलाई लिएर घर वरिपरि चक्कर लगाउने प्रयत्न गर्ने ।

    हिँड्नुलाई दैनिकी बनाउने
    यसरी हिँड्दा हिड्ने प्रक्रियालाई नियमित बनाउनु पर्छ । एकै समयमा हिँड्ने बानी बसाउनु पर्छ । र, हिँड्दा उत्तिकै उर्जा खर्च गर्नुपर्छ । त्यसो त कतिपय व्यक्तिलाई हिँड्दा कति उर्जा खर्चने भन्ने राम्रो ज्ञान हुँदैन । यसको लागि निश्चित गन्तव्य तय गर्नु पर्छ । साथै, सोही गन्तव्यमा एकै समयमा पुग्ने प्रयत्न गर्नुपर्छ । यसरी पैदल यात्रा गर्ने क्रममा शरीर फिट भएपछि तपाई आफै त्यो भन्दा लामो दूरी पार गर्न सक्नु हुन्छ । हिँड्दा जति छिटो हिड्न सक्यो, उत्तिनै धेरै क्यालोरी कम हुने गर्छ । तर यसको लागि कुदने भन्दा छिटो छिटो पाइला चाल्ने तथा उकालो ओरालो बाटोमा हिँड्ने गर्नुपर्छ ।

    मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.