• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

नगर उप प्रमुख द्वारा केरुङ्गा खोलाको नाप नक्सा गर्ने निर्देशन


  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले केरुङ्गा खोलाको निरीक्षण एवं अनुगमन पश्चात् नाप नक्सा गर्न निर्देशन दिनु भएको छ । नगर उप प्रमुख अधिकारीले सोमबार बिहान केरुङ्गा खोलाको निरीक्षण एवं अनुगमन गर्नु भएको हो । केरुङ्गा खोलाको वास्तविक क्षेत्र के कति हो तत्काल नै नाप नक्सा गरेर छुट्टाउन मेरो निर्देशन छ, यसको कार्वान्यन खरायोको गतिमा हुनुपर्छ उप प्रमुख अधिकारीको ठाडो निर्देशन छ ।उप प्रमुख अधिकारीले केरुङ्गा खोला महानगरको इतिहास भएको बताउनु भएको छ । यो खोला महानगरको इतिहास सग सम्बन्ध जोडिएको खोला हो उप प्रमुख अधिकारीले भन्नू भयो,यो खोला महानगरको गहना पनि हो । महानगरको बीच भागबाट बगेको यस खोलाको अवस्था काठमाडौँको टुकुचाजस्तो नहोस् भन्नका लागि महानगरपालिका सचेत छ, केरुङ्गा खोलालाई व्यवस्थित गर्न सकेको खण्डमा यसले महानगरको सुन्दरता र पहिचानलाई थप उचाईमा पुर्‍याउने बिश्वास महानगरपालिकाले लिएको उप प्रमुख अधिकारीले उल्लेख गर्नु भयो ।

    Advertisement

    बिगतका बर्षहरुमा पनि महानगरपालिकाले केरुङ्गा खोलाको सिमाङ्कन तथा निरीक्षण गर्दै आइरहेको उल्लेख गर्दै उहाँले केरुङ्गा खोलामा भएको अतिक्रमणका सम्बन्धमा महानगर निकै गम्भीर रहेको पनि प्रष्ट पार्नु भयो । यसको ब्यबस्थापन र सरक्षण गर्नु हाम्रो लागि चुनौती पनि छ तर यो हाम्रो लागी इतिहास फर्काउने काम पनि हो । तिनवटा मुहानको श्रोतलाई ब्यबस्थित गर्नुको साथै कल्भर्ट निर्माण गर्न पनि उप प्रमुखले निर्देशन दिनु भयो । भरतपुर महानगरपालिका वडा नम्बर ११ को गणेस्थानस्थित नारायणी लिफ्टको सी ‘टु’ र सी ‘थ्री’ क्यानलमा केरुङ्गा खोलाको मुहान रहेको छ । भरतपुर ११ को गणस्थानदेखि भरतपुर २४ को जगतपुरसम्म ३२ किलोमिटरको लम्बाइमा केरुङ्गा खोला फैलिएको छ ।

    उदगम स्थलमा तिनवटा मुहान भएको केरुङ्गा खोला दुई वटा बन्दै जगतपुर पुग्दा एउटामा मात्र सिमित भएको छ । भरतपुर महानगरपालिकाका वडाहरु क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३ र २४ भएर केरूङ्गा खोला बग्ने गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ९ र ११ ले आफ्नो वडा सिमाना सम्म केरूङ्गा ड्रेनको सीमांकनसमेत गरिसकेका छन् ।

    खोलाको दायाँवायाँ क्षेत्र नक्सामा कति मिटर छ भन्ने बारेमा भने नाप नक्सा गरेपछि मात्रै यकिन हुने भुमी ब्यबस्थापन शाखाका इन्जिनियर शिबहरी अधिकारीले जानकारी दिनु भयो । खोलाको अधिकांश क्षेत्र स्थानीयहरुले अतिक्रमण गरेको र पटक पटक अनुरोध गर्दा पनि अटेरी गर्ने गरेको इन्जिनियर अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिकाको दीर्घकालीन योजना अनुसार आगामी दिनमा जगतपुर सम्म नै यसको ब्यबस्थापन गरिने भएको छ । वर्षातको समयमा भरतपुर ११ र १२ का धेरै क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन् ।

    महानगरको गौरबको आयोजनामा रहेको केरूङ्गा खोला व्यवस्थित भएपछि डुंगा सयर, दुवैतर्फ पार्क निर्माण, दुवैतर्फ साइकल लेन, पैदल बाटो, मिनी सप, विभिन्न स्थानमा आकर्षक पुल सहितको हरियाली रहने छ । जसको डिपिआर समेत भइसकेको छ । यस खोलालाई व्यवस्थित गरेपछि आन्तरिक तथा बाहिय  पर्यटकहरुको चहलपहल बढने महानगरपालिकाले बिश्वास लिइएको छ ।  उक्त खोलामा अहिले पनि प्रदेश सरकारको सहयोगमा रिटेनीङ्ग वाल तथा सियर वाल निर्माण कार्य भइरहेको छ । अनुगमनमा सम्बन्धित वडाका अध्यक्षहरु,महाशाखाका प्रमुख तथा इन्जिनियरहरु, सरोकारवाला तथा पत्रकारहरुको सहभागिता रहेको थियोे ।

    सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.