भरतपुर/चितवन उद्योग संघ महिला उद्यमी मञ्च चितवनद्वारा तीनदिने महिला लक्षित सेल्फ मेकअप तालिमको शुरु भएको छ ।
अहिलेको बद्लिदो समयमा महिला दिदीबहिनीहरुको व्यस्ततालाई ध्यानमा राख्दै महिला दिदीबहिनीहरुले दिनहुँजसो दैनिक प्रयोग गर्ने मेकअपलाई सहज होेस् भन्ने हेतुका साथ तालिमको आयोजना गरिएको चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरले जानकारी दिनुभयो । तिनदिने तालिमबाट महिला दिदीबहिनीहरुले दैनिक आफ्नो मेकअप गर्न सक्ने र पार्लरमा जाने समय सँगै आर्थिक रुपमा केही हदसम्म सहयोग पुग्ने कुँबरले बताउनुभयो ।
तिनदिन सम्म सञ्चालन हुने सेल्फ मेकअफ तालिम अन्तर्गत अफिसियल तथा डे मेकअप र स्क्रिन कियर सम्बन्धि विषयमा तालिम दिईएको छ । तालिममा व्यूटीसियन क्षेत्रमा लामो अनुभव सम्हाली सकेका प्रशिक्षकद्धय सिर्जना सोती र कविता श्रेष्ठले प्रशिक्षण गर्नेछन् । तालिममा करीब ३५ जनाको सहभागिता रहेको थियो ।
महिला लक्षित सेल्फ मेकअप तालिम सञ्चालनमा
महिला लक्षित सेल्फ मेकअप तालिम सञ्चालनमा
Advertisement
तपाईको प्रतिक्रिया




