भरतपुर/नोभेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारी गर्ने उद्देश्यका साथ नेपाल सरकारले अहिले देशभरी नै लगडाउन गरेको पनि आज ६५ औं दिन पुगिसकेको छ ।
यस अवस्थामा दैनिक रोजगारी गरेर जीवनयापन गरिरहेका विपन्न वर्गका परिवारहरुलाई विभिन्न क्षेत्रबाट सहयोगहरु दिने कार्यहरु पनि त्यतिकै चलिरहेको छ ।
कोभिड–१९ को कारण जारी लकडाउनको समयमा चितवन जिल्लामा सञ्चालित मञ्जुश्री असहाय संरक्षण केन्द्र र साहाराको घर नामक संस्थामा आश्रित वालवालिकाहरुलाई मध्यनजर गर्दै वान स्टेप फाउण्डेशनले कोरोना भाइरससँग सम्बन्धित केही जनचेतनामुलक सन्देशहरु र उनीहरुको लागि दैनिक अतिआवश्यक पर्ने तरकारीहरु समेत वितरण गरेको थियो ।
वान स्टेप फाउण्डेशनकी अध्यक्ष ममता पाण्डेको नेतृत्वमा पुगेको टोलीले संस्थामा आवद्ध वालवालिकाहरुसँग भेटघाट एवं प्रतिक्रिया समेत लिएका थिए ।
कोरोना भाइरस मात्र नभई बेलाबेलामा आउने हरेक खालका विपद्हरुबाट समस्यामा परेकाहरुलाई वान स्टेप फाउण्डेशनले सहयोगहरु अगाडि बढाउँदै आईरहेको छ ।




