चितवन/प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्दै आदिवासी महिलाहरुको आयआर्जनसंग जोडनु पर्ने आदिवासी जनजाति महिलाहरुले माग गरेका छन्। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आयोजना तथा डब्लु डब्लु एफ नेपालको सहयोगमा विहिबार कुनमिङ मोन्ट्रियल बायोडाइभर्सिटी फ्रेमवर्क आदिवासी महिलाहरु, किशोरीहरुलाई राष्ट्रिय जैविक विविधता रणनितिक र कार्य योजनामा समावेश गर्ने विषयमा राउण्ड टेबल छलफलमा सहभागी आदिवासी जनजाति महिलाहरुले प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै आयाआर्जनसंग जोड्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानले कृषिमा ६० प्रतिशत महिलाको सहभागिता रहेको जानकारी दिनुका साथ आदिवासी जनजाति समुदायले शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।
डिभिजन बन कार्यालयका बालकृष्ण खनालले भाषा धर्म सस्कार र संस्कृति संरक्षणमा जोड दिनु पर्ने बताउनुभयो भने अधिकार प्राप्त गर्दै गर्दा आफनो कर्तब्य भुल्न नहुने पनि बताउनुभ भयो ।
यस्तै आदिवासी जनजाति महासंघ चितवनका पुर्व अध्यक्ष पदम बहादुर गुरुङले पनि अधिकार माग्दै गर्दा कर्तब्य पनि पालना गर्नुपर्ने सुझाब दिनु भयो । गुरुङले समयले फड्को मारेको बताउदै आदिवासीले पनि समय अनुसार हिड्न जान्नु पर्नेमा जोड दिनु भयो ।
डब्लु डब्लु एफका स्रोत ब्यक्ति कमल राइले कुनमिङ मोन्ट्रियल बायोडाइभर्सिटी फ्रेमवर्कको बारेमा २३ वटा लक्ष्यमाथि प्रकाश पार्नु भएको थियो । जसमा आदिवासी जनजाति समुदायका महिला, किशोरीहरुलाई राष्ट्रिय जैविक विविधता रणनितिक र कार्य योजनामा समावेश गर्ने बारेमा छलफल भएको थियो ।
मञ्चका महासचिव मनमाया तामाङको अध्यक्षतामा भएको कार्यक्रममा चितवन र मकवानपुरका दरै, बोटे, कुमाल, थारु, चेपाङ, दुरा, मगर, गुरुङ, तामाङ, भुजेल, बनकरीया गरी ११ समुदायका ३५ जना महिलाहरुको सहभागिता रहेको थियो। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी सदस्य धना तामाङको संयोजकत्वमा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुरा लगायतको सहभागिता रहेको थियो ।




