भरतपुर /भरतपुर-२२ पटिहानी कि अनिता थापा उत्कृष्ट महिला उद्यमीमा छनौट भएकी छन् । थापाको पटिहानी बजारमा आचार्य ब्युटी पार्लर रहेको छ। अनिता व्यवसाय सँगै टोल बिकास संस्था र स्थानीय क्लब को समेत नेतृत्व गरी सामाजिक सेवामा पनि सरिक हुदै आएकी छन्। वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय ले प्रदेशमा रहेर बिभिन्न उद्यम सञ्चालन गरिरहेका २० जना महिला उद्यमीहरूलाई उत्कृष्टमा छनौट गरेको हो। त्यस्तै एक महिला समूहलाई समूह मध्य बाट उत्कृष्ट घोषित गरिएको मन्त्रालय ले जनाएको छ।
Advertisement





