• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

वाशिदले बेलायतको चर्चित ‘बेलाको ब्राण्ड’ नेपालमा भित्र्याए


  •   सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ/बेलायती ब्राण्ड ‘बेलाको होम एप्लाईसेन्सको प्रोडक्टहरु’ नेपाली बजारमा आएको छ । आईकेबिएच ग्रुप प्रालीले आइतबार राजधानीको याक एन्ड यती होटलमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाईसेन्स नेपाली बजारमा भित्रिएको जानकारी गराएको हो । बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो । यो ब्राण्डका सामग्री तथा उपकरणहरु कतार र बेलायतपछि नेपाली बजारमा विस्तार गरिएको हो । कम्पनीले आगामी दिनमा अन्य मुलुकमा पनि बजार विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ । बेलाको ब्राण्डले आफनो गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने जनाएको छ । कम्पनीले आफ्ना उत्पादनहरु ग्राहकहरुको प्रमुख रोजाईमा पर्ने गरेको जनाएको छ । यस ब्राण्ड अन्तर्गत टेलिभिजन, फ्रिज, वाशिङ मेशिन, मिक्सचर, आइरन, राइस कुकर, ग्यास चुलोलगायतका विभिन्न उपकरणहरु हाल नेपाली बजारमा उपलब्ध रहेका छन । उक्त कार्यक्रममा आईकेबिएच ग्रुप प्रालीका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक अब्दुल वाशिदले आइतबार एक कार्यक्रमबीच बेलाको ब्राण्डका इलेक्ट्रिोनिक्स सामान तथा उपकरणहरु सार्वजनिक गरेका हुन । सो अवसरमा बेलाको ब्राण्डको ब्राण्ड एम्बासडरमा चर्चित नायक प्रदिप खडकालाई २ वर्षको लागी अनुवन्धन गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै वाशिदले बेलायती चर्चित ब्राण्डको इलेक्ट्रोनिक्स सामान नेपाली उपभोक्तामाझ ल्याउन पाउदा आफुलाई खुसी लागेको बताए । उनले बेलाको ब्राण्डको अन्य कुनै पनि ब्राण्डका सामाग्रीहरुसँग प्रतिष्पर्धा नरहेको बताउदै गुणस्तरीय सामाग्री र उत्कृष्ट सेवाप्रवाहमा आफुहरु केन्द्रित रहने बताए । प्रमुख कार्यकारी निर्देशक वाशिदले हजारौ नेपाली वैदेशिक रोजगारीका लागि विदेश गइरहेको परिप्रेक्ष्यमा स्वदेशमा केहि गर्ने उद्देश्यले बेलाको ब्राण्ड नेपालमा विस्तार गरेको बताए ।

    Advertisement

    ‘एउटा नेपाली युवाले आफ्नै गाँउ जनकपुरको वेलाको नामबाट विदेशी बजारमा सुरु गरेको ब्राण्डलाई विदेशी समूदायले अत्याधिक माया गरेपछि आफ्नै देशमा पनि भित्र्याएको हुँ, यसलाई अन्य मुलुकहरुमा पनि बिस्तार गर्ने तयारी गरिरहेको छु ।’ वाशिदले स्वदेशमा व्यवसायिकरुपमा मात्र नभएर स्वदेशमा केहि रोजगारी सिर्जना गरौ, अहिलेको संकटग्रस्थ अर्थतन्त्रमा केहि भएपनि टेवा पुर्याऔ र युवाहरुमा उद्यमशिलताप्रति प्रेरणा जगाऔ भन्ने उद्देश्यले बेलाको ब्राण्ड नेपाली बजारमा भित्र्याएको बताए । नेपालमा हामीले गरेको यस सुरूवातले ठुलो संख्यामा रोजगारी सिर्जना हुनेछ भने आर्थिक अवस्थामा पनि सुधार आउनेछ, वासिदले भने, ‘हामी र हाम्रो सामग्रीले विदेशमा जसरी माया पाएको छ, नेपालमा पनि त्यसरी नै माया पाउँछ भन्नेमा आशावादी छौँ। वासिदले आफूहरूको सामग्रीको प्रयोगले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमका विशेष अतिथी एनआरएनए आईसीसीका उपाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द)ले गैरआवासीय नेपालीहरुलाई आफु बाहिर रहेपनि स्वदेशको धेरै माया रहेको र स्वदेशमा धेरैभन्दा धेरै लगानी भित्र्याउने इच्छा रहेको बताए । उपाध्यक्ष श्रेष्ठले युवा संयोजक वासिदलाई ब्यावसाय सफलताको शुभकामना ब्यक्त गर्दै वासिदजस्तै विदेशमा सिकेको सिपलाई नेपालमा भित्याऊन गैर आवासीय नेपालीलाई आग्रह गरे । उनले यसका लागि वातावरण बनाउन र गैरआवासीय नेपालीले राख्दै आएका मागहरु सम्वोधन गर्न सरकारलाई आग्रह गरे । श्रेष्ठले हाल नेपाल सरकारले भस्ट्राचारबिरुद्द चालेको कदमको स्वागत गर्दै यसै गरि सरकार अगाडी बढे छिट्टै देश बिकाश हुने जनाउदै गैर आवासीय नेपालीलाई देशमा लगानीमैत्री वातावरण बनाउन नेपाल सरकारलाई आग्रह गरे । कार्यक्रममा आइकेबिएच ग्रुपका कन्ट्री सेल्स म्यानेजर लक्ष्मण सापकोटाले आफूहरूले ग्राहकको सन्तुष्टिलाई सबैभन्दा बढी प्राथकिता दिने बताए । ‘हामीले अहिले नेपालमा विभिन्न २८ वटा प्रोडक्टको बिक्रीवितरण सुरु गरेका छौं,’ सापकोटाले भने, ‘फ्रिज, आइरन, वासिङ मेसिन, भ्याकुम मेसिन लगायत सबै गुणस्तरीय उपकरण सस्तो र सुलभ दरमा नेपालमा उपलब्ध गराएका छौं । उनले आफ्नो सामग्रीको बिक्रीवितरणका लागि नेपालका प्रमुख शहरमा आफ्नै एजेन्ट उपलब्ध भएको बताए । त्यस्तै आइकेबिएच ग्रुपका नवनियुक्त ब्रान्ड एम्बास्डर खड्काले बेलाको ब्रान्डमा जोडिन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए । आफ्नो क्षेत्रमा मैले दर्शकहरूको माया पाइरहेकै छु तर यस्ता कर्पोरेट क्षेत्रसँग जोडिन पाउँदा मलाई थप गौरव अनुभुति हुन्छ खड्काले बताए । उनले बेलाको ब्रान्डका उपकरणहरू निकै आकर्षक र गुणस्तरीय रहेको बताए । यस ब्रान्डका सबै सामग्री आफैंलाई प्रयोग गरिरहुँ भन्ने लागिरहेको छ ।’ उनले आर्थिक संकटको समयमा पनि यस्तो गतिविधि गर्नु नेपालका लागि खुसीको कुरा भएको बताए । बेलाको ब्राण्डका प्रोडक्टलाई माया गरिदिन आग्रह गर्दै कम्पनीले नेपाली नयाँ वर्षलाई लक्षित गरी बिभिन्न उपहार योजनाहरु पनि ल्याएको जनाएको छ । जस अन्तर्गत वेलाको ब्राण्डको एउटा प्रोडक्ट (विग होम अप्लाईन्सेस) किन्दा अर्को सित्तैमा पाईने रहेको छ । यो योजना जेठ मसान्त सम्म रहेको कम्पनीले जनाएको छ । आइकेबिएच ग्रुपद्वारा बेलाको ब्रान्डका २८ प्रोडक्ट लन्चसमेत गरेको छ । कतार,युकेमा सफलता हासिल गरिसकेको उक्त कम्पनिले विभिन्न २८ किसिमका घर तथा भान्छामा प्रयोग हुने उपकरण र विद्युतीय सामग्री लन्च गरेको हो । आफ्नो व्यावसायिक क्षेत्रलाई विस्तार गर्दै उपभोक्ताको रोजाइका सामग्री उपलब्ध गराउन आइकेबिएच ग्रुपले बेलायती कम्पनी बेलाकोका सामग्रीहरूको बिक्री सुरु गरेको हो। जसमा बेलाको रेफ्रिजरेटर, वासिङ मेसिन, टिभी, विद्युतीय किट्ली, अटोमेटिक ग्यास चुलो, हिटर, विभिन्न किसिमका राइस कुकर, स्यान्डविच मेकर, आइरन, स्ट्रिस जुसर र मल्टीफंक्सन ब्लेंडर जस्ता उपकरणहरू छन्। आइकेबिएच ग्रुप कतारमा आधारित कम्पनी हो। यसले इभापोरेटिभ एयर कूलर, मिस्ट फ्यान, इन्डस्ट्रियल फ्यान, भेन्टिलेसन फ्यान, घरेलु उपकरण, किचन एप्लायन्सेस, हिटर, एयर कन्डिसन, इत्यादि उत्पादनहरू उपलब्धता गराउँदै आएको छ। हाल यसले नेपालमा यी उपकरणको डेलिभरी गर्ने, मर्मत गर्नेलगायतका काम गर्दै आएको छ।

    सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.