• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवनमा १२ वर्षमा ६९ जनाले त्यागे नेपाली नागरिकता


  •   मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित
  • चितवन/चितवनमा बिगत १२ वर्षमा ६९ जनाले नेपाली नागरिकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको तथ्यांक अनुसार पछिल्लो १२ वर्षमा तेस्रो मुलुकको नागरिकता लिनको लागि ६९ जनाले नेपाली नागरिकता त्याग गरेका हुन् । नेपालको राजनीतिक अस्थिरता, बढ्दो बेरोजगारी र आर्थिक समस्याको कारणले रोजगारीको खोजी गर्दैै विदेश गएका नेपालीहरूले स्वदेशी नागरिकता त्यागेर विदेशी नागरिकता लिने क्रम बढेको छ । प्रशासन कार्यालय चितवनको नागरिकता प्रतिलिपि शाखाका नायब सुब्बा गोपीचन्द्र दवाडीको अनुसार विसं २०६८ साल जेठ २ गते देखि २०८० सालको वैशाख २० गते सम्म चितवनका ६९ नागरिकले नेपाली नागरिकता त्याग गरेका छन् । जसमा ८१ प्रतिशत भन्दा बढी पुरुष छन् ।

    Advertisement

    केहीले विदेशी नागरिकसँग विवाह गरेर नेपाली नागरिकता त्यागे पनि धेरै रोजगारी, अध्ययनलगायत विभिन्न अवसरको खोजीमा विदेश जाने व्यक्तिहरूले नेपाली नागरिकता त्याग्ने गरेको जानकारी दिनुभयो । दवाडीले भनुभयो, ‘२०६८ देखि जिल्लामा नागरिकता त्याग्ने पुरुष ५६ जना र महिला १३ जना रहेका छन् । जुन संख्या पुरुषको भन्दा निकै कम हो । ’ तर, नेपाली नागरिकता त्याग गर्ने महिलाको संख्या जिल्लामा कम भए पनि २०६८ साल जेठ २ गते पहिलो पटक नेपाली नागरिकता त्याग गर्ने भने महिला नै रहेकी थिइन् । चितवनबाट नागरिकता त्याग्नेहरुमा अधिकांश नागरिकले नेपाली नागरिकता त्यागेर अमेरिका, युरोप, हङकङ, अष्ट्रेलियाको लिने गरेको र कमले मात्रै भारतको नागरिकता लिने गरेको उहाँको भनाइ छ । पछिल्लो दुई तीन वर्ष यता भने नागरिकता त्याग्नेको संख्या बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो ।

    ‘आर्थिक वर्ष २०७७–०७८ मा ६ जनाले, २०७८–०७९ मा ८ जनाले र चालु आवको १० महिनामा पाँच जनाले त्यागेको र यो संख्या अझै बढ्दो क्रममा छ । ’ उहाँका अनुसार चितवनमा २० वर्ष भन्दा माथि र ५० वर्ष भन्दा कम उमेर समूहका धेरै नागरिकले नागरिकता त्याग गर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार नेपालको कानुनमा दोहोरो नागरिकता लिन पाउने नियम भएको हुँदा कुनै पनि नेपालीले नागरिकता त्याग गर्न परेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूचि ९ अनुसार दुतावास, गृहमन्त्रालय र जिल्ला प्रशासनमा निवेदन दिनसक्ने व्यवस्था छ । तर, नागरिकता त्याग्न चाहाने व्यक्ति स्वयम्ले निवेदनमा नागरिकता त्याग्न लागेको कारणसहित कुन देशको नागरिकता लिन लागेको सबै विवरण खुलाउनपर्ने हुन्छ । त्यस्तै एक पटक नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएपछि पनि पुनः विदेशी नगरिकता त्यागेर नेपाली नागरिकता लिन पाउने हुँदा चितवनमा २०६८ देखि यता एक नागरिकले पुनः नेपालकै नागरिकता लिएका छन् । पुनः नेपालकै नागरिकता लिने उक्त पुरुषले रसियाको नागरिकता त्यागेर नेपालको नागरिकता लिएको तथ्यांकमा उल्लेख छ ।

    नागरिकता परित्याग गर्ने प्रक्रिया कस्तो छ?

    नेपाल नागरिकता नियमावली–२०६३ को नियम ९ मा नेपाली नागरिकता परित्याग गर्ने कार्यविधिसम्बन्धी व्यवस्था गरिएको छ । कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी निश्चित ढाँचामा सूचना दिनुपर्नेछ ।

    विदेशमा सूचना दिएको भए सात दिनभित्र पूरा विवरण खोली नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतले परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयमा लेखी पठाउनुपर्ने व्यवस्था छ । प्राप्त भएको सूचना मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष पठाउनुपर्ने कानुनी व्यवस्था छ । सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले त्यस्तो सूचना दर्ता किताबमा दर्ता गर्नुपर्नेछ र त्यसरी दर्ता भएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता समाप्त हुनेछ । नेपाल नागरिकता ऐन–२०६३ को दफा ११ मा कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने व्यवस्था छ ।

    मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.