नारायणगढ जेसीज वर्ष २०२३ को संचालक समितिको पाॅचौ बैठक मिती २०८० बैशाख २४ गते आइतबारका दिन शाखा अध्यक्ष जेसी अमर घिमिरेको अध्यक्षतामा जेसीआई नारायणगढको सचिवालयमा सम्पन्न भएको छ।
उक्त बैठकबाट प्रतिवेदनहरु अनुमोदन, दोस्रो साधारण सभा, ‘Narayangarh Academy for Achievers and Leaders’ NAFAL.2.0 तयारी, लगायतका अन्य महत्वपुर्ण निर्णयहरु भएको थियो।
बैठकमा संचालक समिति पदाधिकारी तथा सदस्य र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो।
सह-कोषाध्यक्ष जेसी अमित आचार्यले स्वागत मन्तव्य राख्नु भएको तथा उपाध्यक्ष जेसी रामबाबु पुडासैनीले धन्यवाद मन्तव्य प्रस्तुत गर्नु भएको उक्त बैठकमा सदस्य जेसी सुरज पण्डितले विविध व्यवसाय प्रवर्द्धन अन्तर्गतको एजेण्डामा आफ्नो व्यवसायहरुको सेवा सुविधाको बारेमा जानकारी गराउदै व्यवसाय प्रवर्द्धन गर्नुभएको थियो।
Advertisement




