• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

प्रदर्शनीको माध्यमबाट उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन मिल्ने


  •   शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
  • चितवन/सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको छ । औद्योगिक प्रदर्शनीको संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । समारोहमा मन्त्री रिजालले स्वदेशी लघु, घरेलु उद्योगलाई प्रबद्र्धनका लागि औद्योगिक प्रदर्शनी पनि महत्वपूर्ण माध्यम बनेको बताउनुभयो । “यस्ता प्रदर्शनीले साँच्चै स्वदेशी उद्योगको प्रबद्र्धनमा टेवा पुग्छ” उहाँले भन्नुभयो, “प्रदर्शनीको माध्यमबाट उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्दछ ।”
    औद्योगिक उत्पादनमा महत्वपूर्ण योगदान गर्ने प्रविधिहरुको अवलोकन गर्न विदेशी प्रदर्शनीमा जानुपर्ने अवस्थाको अन्त्य भएको भन्नुहुँदै उहाँले प्रदर्शनीका माध्यमबाट स्वदेशी र विदेशी उद्योगीहरुबीच प्रत्यक्ष भेटघाट तथा छलफल गरी औद्योगिक अनुभव तथा ज्ञान आदान प्रदानबाट लाभ लिन उद्योगीहरुलाई आग्रह गर्नुभयो । मन्त्री रिजालले यस्ता प्रदर्शनीहरुको माध्यमबाट सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने बताउनुभयो । प्रदर्शनीमा रहेका प्रविधिहरुको अनुशरण गरेर स्वदेशी उत्पादन वृद्धिका लागि उद्यमीलाई प्रेरणा दिने समेत बताउनुभयो ।
    प्रदर्शनी बारे जानकारी गराउनुहुँदै औद्योगिक प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले मागमा आएको उच्च संकुचनका बाबजुद आर्थिक गतिविधिलाई चलायमान बनाउन, उत्पादन बृद्धिमा सहयोग गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गरिएको बताउनुभयो । प्रदर्शनीमा स्वदेशी सहित भारतका उद्योग तथा प्रविधिहरु रहेको उहाँले जानकारी गराउनुभयो । उहाँले प्रदर्शनीमा स्वदेशी उद्योगीहरुलाई विभिन्न निकायको प्रबद्र्धन सहयोगमार्फत पूर्ण तथा आँशिक छुट सहितको स्टलहरु उपलब्ध गराईएको समेत बताउनुभयो ।
    कार्यक्रममा नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रमा देखिएको संकुचनका कारण उद्यमशिलतामा सुस्तता छाएको वर्तमान अवस्थामा चितवन उद्योग संघले प्रदर्शनीको माध्यमबाट प्रेरणा जगाई अर्थतन्त्रलाई चलायमान बनाउने कोशिस स्वरुप प्रदर्शनीको आयोजना गरेकोमा प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको भन्नुहुँदै निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्न सरकारलाई आग्रह गर्नुभयो । आगामी बजेट तथा मौद्रिक नीतिमार्फत निजी क्षेत्रको समस्या सम्बोधन हुने विश्वास आफुहरुको रहेको समेत उहाँले बताउनुभयो ।
    कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले अर्थतन्त्रमा सिथिलता छाई उद्यमशिलता नै पलायन हुन लागेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुलाई एउटै छानामुनी ल्याई आयोजना गरिएको यो प्रदर्शनीको माध्यमबाट उद्यमशिलतालाई जीवन्त राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लाखौं रुपैयाँ खर्च गरेर प्रविधि अवलोकनको लागि विदेशीनु पर्ने अवस्थाको अन्त्य गर्नको लागि प्रदर्शनीको ठूलो योगदान रहेको समेत बताउनुभयो ।
    प्रदर्शनीको दोश्रो दिन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट “वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर”का विषय र नेपाल उद्योग परिसंघको तर्फबाट “मेक इन नेपाल स्वदेशी अभियान”का विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिने र गोष्ठी तथा सेमिनारमा औद्योगिक समस्या र समाधानका विषयमा केन्द्रीत भई सञ्चालन हुने हुँदा दिगो उद्यमशिलताको लागि सहयोगी हुने आयोजकको विश्वास छ ।
    स्वदेशी लघु, घरेलु तथा साना उद्योगहरुको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको लागि आवश्यक मेशिन तथा प्रविधि र औद्योगिक उत्पादनका स्टलहरु राखिएका छन् ।
    नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको प्रबद्र्धन सहयोगमा आयोजना गरिएको यस प्रदर्शनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक समेत गरी ११० वटा स्टल राखिएको छ ।
    औद्योगिक प्रदर्शनी नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन तथा चितवनका स्थानीय पालिकाहरुको प्रबद्र्धन सहयोग र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघ एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा।लि तथा फ्युचरेक्स टे«ड फेयर एण्ड इभेन्टस्को व्यवस्थापकीय साझेदारीमा आयोजना गरिएको हो । प्रदर्शनी बैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

    Advertisement

    शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.