गोरखा/गोरखा बहुप्रविधिक शिक्षालयमा डिप्लोमा तह सिभिल तथा हाईड्रोपावर संकायमा अध्यनरत सम्पूर्ण बिधार्थीहरुलाई समेट्नेगरी श्यामहरी संग्रौलाको अध्यक्षतामा Society of Civil Engineering Students (SoCES) सामाजिक संस्थाको स्थापना गरिएको छ।
नवगठित संस्थाको संस्थापक उपाध्यक्षहरुमा सञ्जय श्रेष्ठ, निरज घले, सरोज चुदरा, सचिवमा विकल रम्तेल, सह–सचिवमा सन्ध्या नेपाली र प्रतीक्षा रोका, कोषाध्यक्षमा विनिता श्रेष्ठ, त्यस्तै सदस्यहरुमा दिवश भट्ट, मन्दिरा पोखरेल, अनुप भट्टराई, दीपा लामिछाने, प्रसुप थापा मगर, सरोज विक रहेका छन् । संस्थाको सल्लाहकार सदस्यमा लक्ष्मण गिरीलाई चयन गरिएको छ ।
संस्था स्थापना गर्न सहयोग गर्नुहुने शिक्षालयमा अध्ययनरत सिभिल पाँचौं संकायका सम्पूर्ण बिधार्थीहरु, संस्थाको संरक्षक, शिक्षालय प्रमुख , प्राध्यापक शिक्षक शिक्षिका प्रति विषेश धन्यवाद ज्ञापन समेत गरिएको थियो ।





