भरतपुर/ नेपाल ट्रेड युनियन महासंघ जिफन्ट भरतपुर महानगर कमिटी द्वारा १३४ औं मे दिवसको सन्दर्भमा मेडिकल कलेज रोडमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ।उक्त कोड सभालाई महासंघ वाग्मती प्रदेश अध्यक्ष रामहरि नेपालले सम्बोधन गर्नु भएको थियो । कोडसभा पश्चात विभिन्न घटकका स्थानीय नेताहरू सहभागी भएर र्याली सहित भरतपुर महानगर पालिका पुगेर महानगर हलमा उपमेयर चित्रसेन अधिकारी लगाएत जन प्रतिनिधिहरु सग #श्रमडेस्क_संचालन_तथा_सामाजिक_सुरक्षाकार्यान्वयन अन्तर्कृया कार्यक्रम गरेको छ।

अन्तर्कृया कार्यक्रममा विभिन्न घटक युनियनका स्थानीय नेताहरुले आ आफ्नो क्षेत्रमा रहेको समस्या वारेमा बताउदै समाधानको लागि आफुहरु पन्जिकृत हुन पाउनु पर्ने र योगदानमा आधारित सामाजिक सुरक्षा कोष एन कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका थिए।उपमियर चित्रसेन अधिकारीले श्रम डेस्क स्थापना र सामाजिक सुरक्षा कार्यान्वयनका लागि सरोकार वाला पक्षसग थप छलफल र अन्तरकृया आवस्यक रहेको र सो को लागि महानगरले काम थाल्ने बताउनु भयो।

कार्यक्रममा महासंघ वाग्मती प्रदेस अध्यक्ष रामहरी नेपालले सामाजिक सुरक्षा कार्यान्वयन र श्रमडेस्क स्थापना सम्वन्धमा उपमेयरलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो। कार्यक्रममा नाबुन अध्यक्ष अन्जु गुरुङ, जिफन्ट वाग्मती प्रदेस सदस्य शान्ती सिबेदी,महनगर उपाध्यक्ष शिभ हरि सुबेदी,सचीव राजन ढकाल, सदस्यहरू बिक्रम गुरुङ,शुदर्सन उप्रेतीले अन्तर्कृयामा भाग लिनु भर्को थियो । अध्यक्ष नेपालले श्रम डेस्क को महत्त्व वारेमा बताउदै समाज रुपान्तरणमा यसको प्रभाव बारेमा चर्चा गर्नु भयो । अन्तर्कृया कार्यक्रम पश्चात रोजगार सेवा केन्द्रका प्रमुख सन्देश वाग्ले र मेयर रेणु दहाललाई छुट्टाछुट्टै भेटि श्रम डेस्क संचालनका लागि श्रम डेस्क संचालन नमुना कार्य विधि बारे स्पष्ट पार्ने काम गरियो। मेयेर रेणु दहालले सरोकारवाला पक्ष सबैको उपस्थितमा छलफल गरि श्रमडेस्क कार्यान्वयन गर्ने बारे आस्वस्त पार्नु भयो।




