जगतपुर/उज्यालो टाईम्सका शुचिन्तक एवं नेपाल यातायात मजदुर संघ चितवनका जिल्ला अध्यक्ष, नेपाल ट्रेड युनियन काँग्रेस चितवन भरतपुर महानगरपालिकाका संंयोजक पाल्टेन घलानज्युकी ममतामयी माता केरुङ मजुवा टोल विकास संस्था निवासी भेत माया घलानको ५३ वर्षको उमेरमा भएको असामयिक निधनले उज्यालो टाईम्स परिवार स्तब्ध भएको छ ।
Advertisement
जेठ ९ गते भेत माया घलानप्रति श्रद्धाञ्जली व्यक्त गर्ने आफन्त, इष्टमित्र, छरछिमेकलाई गहुँत ग्रहण (ग्यवा)को लागि निमन्त्रणा गरिएको थियो । उक्त अवसरमा ग्यवा ग्रहणको लागि विभिन्न क्षेत्रका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । सो अवसरमा भरतपुर नगरपालिका वडा नं.१८ का वडा अध्यक्ष दिपक लामा, उज्यालो टाईम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्ट, प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ, युवा व्यवसायी सूर्य हल्कलगायत स्थानीयहरुको सभागिता रहेको थियो ।




