रत्ननगर/श्री झुवानी माध्यमिक विद्यालय रत्ननगरमा अध्ययनरत दृष्टिबिहिन, गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई अमेरिकामा बसोबास गर्दै आउनु भएका श्यामप्रसाद पोख्रेल र अनिता कोईरालाले स्व बुबा रामप्रसाद कोइरालाको स्मृतिमा संयुक्त रुपमा १४ हजार नेपाली रुपैयाँ सहित दृष्टिविहिन विद्यार्थीहरुलाई एकवर्षसम्म पुग्ने शैक्षिक सामाग्री, र खाद्यान्न सामाग्री एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ ।
विद्यार्थीहरुलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ शैक्षिक र खाद्यान्न सामाग्री वितरण गरिएको दाताहरुले बताएका छन् ।
श्री झुवानी माध्यमिक विद्यालय रत्ननगरका शिक्षक लक्ष्मण भट्टले सहजीकरण गर्नुभएको कार्यक्रममा चामल ६० के.जी., आलु ५० के.जी., प्याज १० के.जी., दाल ५ के.जी., तेल ५ लिटर, चना ५ के.जी, बिस्कुट १ काटुन, चाउचाउ १ काटुन, चिनि ५ के.जी., चियापत्ती १ पोका हस्तान्तरण गरिएको थियो ।





