भरतपुर/नेपाल सरकारले कोरोना भाईरस नियन्त्रण गर्ने उदेश्यले घोषणा गरेको लकडाउनका कारण दैनिक रोजगारी गरेर गुजारा चलाईरहेका श्रमिक, मजदुरहरु(लाई मध्यनजर गर्दै भरतपुर ७ स्थित पञ्चेश्वर टोल विकास संस्थाको पहलमा गत बैशाख १५ गतेदेखि प्रत्येक बिहान बेलुका ५५ देखि ६० जना भन्दा बढीलाई निशुल्क रुपमा खाना खुवाउने गरिएको पञ्चेश्वर टोल विकास संस्थाका अध्यक्ष रामनाथ खनालले जानकारी दिनुभयो ।
निःशुल्क रुपमा खानाको व्यवस्था भएको जानकारी पाए लगत्तै पञ्चेश्वर टोल विकास संस्थाका छिमेकी टोल विकास संस्थाहरुमा दैनिक रुपमा काम गरेर गुजारा चलाईरहेका मजदुर, विपन्न परिवारहरुका सदस्यहरु समेत आउने गरेको पञ्चेश्वर टोल विकास संस्थाका सल्लाहकार मदन घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै निःशुल्क खाना वितरण कार्यमा १५ गतेदेखि नै बिहान बेलुका निरन्तर रुपमा टोलवासीहरुको सक्रिय सहभागिता भएको र दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुको केही हदसम्म भएपनि समस्या सुल्झाएको पञ्चेश्वर टोल विकास संस्थाका उपाध्यक्ष बसन्त खरेलले बताउनुभयो ।
यसअघि क्यान्सर हस्पिटलमा लकडाउनको कारणले खाद्य संकट परेको जानकारी आएसँगै चितवन उद्योग संघको सहकार्यमा चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे र कार्यसमिति सदस्य वसन्त बहादुर पाण्डेले संयुक्त रुपमा ७२ घरपरिवारलाई राहत हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण गरिएको सहयोग सामाग्री भरतपुर–७ स्थित पञ्चेश्वर टोल विकास संस्थालाई हस्तान्तरण गर्ने गरि जिम्मा समेत दिइएको थियो ।




