• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

बिमा कम्पनीले सर्भेयरको ४० करोड भन्दा बढी रकम ब्लक गरेको गुनासो


  •   आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
  • चितवन/बिमा कम्पनीले बिमा सर्भेयरको ४० करोड भन्दा बढी रकम ब्लक गरेको गुनासो गरेका छन् । बिमा सर्भेयर संघ नेपाल (निसा)को १४ औँ वार्षिक साधारणमा बोल्दै सर्भेयर इन्जिनियरहरुले यस्तो गुनासो गरेका हुन् ।
    चितवनको सौराहामा भएको साधारणसभामा बोल्दै ई.शेरबहादुर बुढाले नयाँ सर्भेयरहरुले पुराना सर्भेयरबाट जोश र हौसला खोजीरहेको बताउँदै उनीहरुलाई समस्यामात्र देखाउनु भन्दा पनि सम्भावनाको बाटो पनि पहिल्याउन सिकाउनु पर्नेमा जोड दिनुभएको थियो ।
    त्यस्तै ई.कृष्ण देवकोटाले आफुहरुले काम गरे बापतको पैसा समयमा नआउने गरेको बताउँदै बिमा सर्भेयर संघ नेपालले यो समस्या समाधानमा पहल गर्नुपर्ने बताउनुभएको छ । साधारण सभामा बोल्दै सर्भेयरहरुले नयाँलाई तालिम र सीपको आवश्यक रहेकोमा जोड दिएका थिए । ई.धर्मराज अर्यालले निसामा दर्ता भएपछि मात्र काम गर्न पाउनु पर्ने नीति बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नयाँलाई तालिमको व्यवस्था गर्नुपर्ने माग समेत गर्नुभएको छ ।
    साधारण सभाले बिमा सर्भेयर संघमा आवद्ध सदस्यले राष्ट्रिय बिमा कम्पनीमा काम गर्न नपाउने र गरेमा कारवाही गर्ने निर्णय समेत पारित गरेको छ ।
    नेपाल बिमा संघका अध्यक्ष चंकी क्षेत्रीले बिमा कम्पनीले पैसा दिदैँन भनेर अफवहा फैलीएको बताउँदै यो सत्यता नभएको दाबी गर्नुभएको छ । उहाँले बिमा कम्पनीले समयमै पैसा भुक्तानी गर्ने गरेको बताउँदै बिमा सर्भेयरमा भएको समस्यालाई पनि सम्बोधन गर्दै जाने बताउनुभएको छ ।
    त्यस्तै बिमा सर्भेयर संघ नेपालका सभापति मोहन पुरुष ढकालले विभिन्न बिधान, कोभिड, चुनाव जस्ता कारणले बिमा सर्भेयर संघले लक्ष्य अनुसार काम गर्न नसकेको बताउँदै अब फरक ढंगबाट अगाडी बढ्ने बताउनुभएको छ । उहाँले नयाँ आएको बिमा संघले बिमा सर्भेयरको समस्यालाई समाधान गर्दै जाने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
    कार्यक्रममा बोल्दै बिमा सर्भेयर संघ नेपालका पूर्व सभापती सूर्यप्रसाद जोशी, शिवचन्द्र शाक्या, चितवन च्याप्टरका प्रमुख ई.गोपीनाथ खरेलले नयाँ सदस्यलाई प्रोत्साहान गर्न निसा सधै तयार रहेको बताउँदै गुनासो मात्र भन्दा पनि समस्या समाधान गर्न तिर ध्यान दिनुपर्ने बताउनुभएको छ । संघले आफ्नो लागी के गर्यो भन्दा पनि आफैले निखार्दै जानुपर्नेमा जोड् दिनु भएको छ ।
    कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघका महासचिब पवित्र बिक्रम राणाले आगामी दिनमा संगठनको आर्थिक स्थिति सबल बनाउनको लागि स्रोतहरुको पहिचान गर्ने, नेपाल बिमा प्राधिकरणलाई नियमित वार्षिक आर्थिक अनुदानको लागि अनुरोध गर्ने लगायतको लक्ष्य रहेको बताउनुभएको छ । त्यस्तै आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष सुमनकुमार पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
    साधारण सभामा बिमा विधेयक २०७९ सम्बन्धि अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बिमा प्राधिकरणका कानुनविद् तथा सहायक निर्देशक विरोध भट्ट र निर्देशक शुसिल सुवेदीले विधेयकको बिषयमा जानकारी गराउनुभएको थियो ।
    संघका सचिव बृद्धिकाजी श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा उप सभापति देउकाजी गुरुङ्गले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    Advertisement

    आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.