चितवन/निर्माण व्यवसायी संघ चितवनद्वारा आज जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेश गरिएकाे छ। निर्माण व्यवसायीले समयमा निर्माण कार्य सम्पन्न गर्न नसक्दा कारवाही गर्ने निकायले निर्माण सामाग्रीहरुमा अप्रत्यासित मुल्यवृद्दि हुँदा समेत मुकदर्शक रहने गरेकाे साथै खाेलाजन्य निर्माण सामाग्रीहरु समयमा उपलव्ध गराउन नसक्नु, खाेलाजन्य निर्माण सामाग्री ओसारपसार गर्ने ढुवानी साधनलाई राेक लगाउनु प्रति आपत्ति जनाएकाे छ।

वाेलपत्र आव्हान गर्ने सरकारी निकाय, खाेलाजन्य निर्माण सामाग्री उपलव्ध गराउने जिम्मा लिने सरकारी निकाय, उपलव्ध गराउन नसक्ने सरकारी निकाय, ढुवानीमा राेक लगाउने पनि सरकारी निकाय, अनि निर्माण व्यवसायीले समयमा निर्माण कार्य सम्पन्न गर्न नसकेकाे भनी दाेषाराेपण गर्ने पनि सरकारी निकाय के याे न्यायसंगत छ त? प्रश्न गरिएकाे थियाे। त्यसकारण यथासिघ्र ढुवानी साधनलाई लगाईएकाे राेक हटाउन माग गरिएकाे छ। निर्माण व्यवसायीहरुलाई अब के गर्नुहुन्छ भनी प्रश्न गर्दा याे कार्य नहटे आफ्ना साधन सरकारी कार्यालयमा राखी चावि हस्तान्तरण गर्ने लगायतका चरणवद्द कार्यक्रम गर्ने वताए। हाल विहान ८:०० वजेवाट ११:०० वजेसम्म वेलुका ४:०० वजेवाट ८:०० वजेसम्म निर्माण सामाग्री ढुवानीमा प्रयाेग हुने टिप्परहरु चलाउनमा राेक लगाईएकाे थियाे।




