• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी : पूर्वअध्यक्ष रेग्मी


  •   शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
  • मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताउनुभएको छ । फोकस नेपालको दशौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले समृद्ध राष्ट्र निर्माण गर्न शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताउनुभयो । “आजको हाम्रो शिक्षा प्रणाली विद्यार्थीलाई स्वनिर्भर हुन होइन परनिर्भर हुने, रोजगारी खोज्ने गरी दीक्षित बनाइएको छ, विश्व बजारमा रोजगार खोज्ने शिक्षाले देशको आत्मनिर्भरता र विकास हुन सक्दैन”, उहाँले भन्नुभयो । पूर्वअध्यक्ष रेग्मीले सिर्जनशील र सीपमूलक जनशक्ति विना देशको समग्र विकास र समृद्धिको यात्रा पूरा हुन नसक्ने उल्लेख गर्दै सरकारले व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । सरकार स्थिर नहुँदा शिक्षालगायत हरेक क्षेत्रमा समस्या उत्पन्न भएको उहाँको भनाइ थियो । मूल नीति र व्यवहार स्थिररूपमा लक्षित गन्तव्यतर्फ गतिमान भए मात्र शिक्षालगायतका अन्य क्षेत्रको विकास एवं समृद्धिको यात्रा सुगम र अपेक्षित हुने उहाँले बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्न नसकेसम्म देश अगाडि बढ्न नसक्ने बताउनुभयो । “त्रिभुवन विश्वविद्यालयले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्छ, विश्वविद्यालयमा क्यालेण्डर प्रणाली लागू गरे मात्र देशको शिक्षा क्षेत्रले फड्को मार्न सक्छ”, उहाँले भन्नुभयो । उहाँले देशमा १६ विश्वविद्यालय भएको बताउँदै खोलिएका विश्वविद्यालयलाई विशिष्टीकृत बनाएर अगाडि बढाए देशको शिक्षा क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । कक्षा ११ र १२ पढाउने शिक्षकको अभाव देशमा भएको उहाँको भनाइ थियो । उहाँले शिक्षण सिकाइमा सुधार, शिक्षकको दरबन्दीलाई व्यवस्थित र भौतिक पूर्वाधारमा सुधार गर्नसके देशको शिक्षा क्षेत्र अगाडि बढ्ने बताउनुभयो । शिक्षक सेवा आयोगलाई सक्रिय बनाउनुपर्ने उहाँको भनाइ थियो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सामाजिक क्षेत्रमा क्रियाशील फोकस नेपालले ‘समृद्धिका लागि सामाजिक अभियान’ लाई अगाडि बढाएको बताउनुभयो । फोकस नेपालको दशौँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मीसहित सञ्चारकर्मी र सामाजिक व्यक्तित्वलाई सम्मान गरिएको छ । सोही अवसरमा राससकर्मी रेग्मीसहित न्यूज एजेन्सी नेपालका समचारदाता विक्रम रत्न, महेन्द्र मोरङ क्याम्पसका सहप्राचार्य उद्धवप्रसाद पौडेल, शिक्षाविद् विजयराज पन्त, पुष्पराज बडाल, भुवनराज श्रेष्ठ, रामचन्द्र देवकोटा, इञ्जिनीयर विजेन्द्र गौतमलाई सम्मान गरिएको हो ।

    Advertisement

    शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.